काठमाडौ ,
साउन २ –
जापानमा आगजनीमा परि १३ जनाको ज्यान गएको छ ।
जापानको क्योटो शहरमा रहेको एउटा एनिमेशन स्टुडियोमा गराइएको आगजनीमा परि १३ जनाको ज्यान गएको हो ।
क्योटो अग्नि नियन्त्रण विभागका अनुसार क्योटो एनिमेसन कम्पनीको भवनभित्र १३ जनाको शव भेटिएको छ ।
क्योटो अग्नि नियन्त्रण विभागका अनुसार आगलागीमा परि अन्य ३८ जना घाइते भएका छन् । घाइतेमध्ये १० जनाको अवस्था गम्भीर रहेको छ ।
क्योटो प्रहरीका अनुसार एक जना व्यक्ति स्टुडियोमा छिरेर ‘पेट्रोलियम पदार्थ’ फ्याँकेका थिए ।
४० को हाराहारीका उमेर रहेका ती व्यक्तिको परिचय खुलाइएको छैन । घाइते भएका उनलाई अस्पताल लगिएको छ ।
स्थानीय समयअनुसार बिहान साढे १० बजे स्टुडियोमा आगो लागेको थियो ।