तिनाउ खुिम्चएको छ, घरैघर बनेका छन् । रूपन्देही तथा आसपासका क्षेत्र सिञ्चित गर्ने र पानीको स्रोत मानिने
तिनाउ नदी बुटवल सहर भएर बग्छ ।
पछिल्ला आठ दस वर्षयता यो नदी प्राकृतिक बहाव रोकिएको छ । नदीको बहाव क्षेत्रमा खेलाँची गरेर संरचनाहरु
खडा गरिएको छ । अव्यवस्थित बस्ती निर्माण गर्ने होडबाजी जस्तै चलेको छ ।
बुटवल ५ को चिडियाखोला हुँदै तिलोत्तमा नगरपालिका डाइभर टोलसम्म तिनाउ नदी अतिक्रमणमा परेको छ।
जहाँ तिनाउको बाटो मिचेर ४ हजार घर बनेका छन् । तिनाउ आसपासमा बनेका १४ हजार घरमध्ये ४ हजार घर
तिनाउको बाटो मिचेर बनाइएको छ बताईन्छ । भवन निर्माण संहितामा नदी र खोलाले बनाएको बगरमा भवन निर्माण
गर्न नहुने गरी मापदण्ड छ । तर तिनाउको बहाव क्षेत्र अतिक्रमण गरेर प्रत्येक वर्ष घर बनाउने क्रम रोकिएको छैन ।
तिनाउको बहाव क्षेत्रमा सामान्य घर टहरा मात्र होइन तीन चार तले पक्की घरसमेत बनेका छन् । उक्त क्षेत्र बाढीको
जोखिममा पनि पर्छ । यसको नियन्त्रणका लागि बुटवल उपमहानगरपालिका मौन छ । विभिन्न निर्वाचनमा यही नदी किनारमा
रहेको सुकुम्बासी बस्तीलाई व्यवस्थित गर्ने भन्दै राजनीतिक दलहरुले आफ्नो घोषणापत्रमा उल्लेख गरेका थिए । तर यो बस्ती
व्यवस्थित गर्नुको साटो नगरपालिकाले मोटरबाटो, विद्युत र खानेपानी पुर्याउँदै तिनाउको बाटोमाथि बस्ती बसाल्न मलजल गरिरहेको छ ।
तिनाउमा एकपछि अर्को बस्ती बस्न थाल्यो त्यसपछि तिनाउले आफ्नो बाटा खोज्न थाल्दा बेलाबेला ठुल्ठुला विपत् पनि निम्तिने गरेका छन् ।
२०७४ सालमा तिनाउमा आएको बाढीले बुटवल देवीनगरस्थित झोलुङ्गे पुल बगायो भने २० भन्दा धेरै अतिक्रमण गरी बनेका
घरहरू कटानमा परेका थिए ।
२०१८, २०२७, २०३८ हुँदै २०५० सालमा आएको बाढीले धेरै क्षति गरेको स्थानीयहरु बताउँछन् ।
उनीहरुका अनुसार २०२७ मा आएको बाढीले एक सयभन्दा बढीको ज्यान लिनुका साथै दर्जनौँ घर बगाएको थियो ।
त्यस्तै हजारौँ हेक्टर खेतीयोग्य जमिन बगरमा परिणत बनेको थियो । २०३८ सालको बाढीले दोभानमा २९ र बुटवलमा ३५ गरी
६४ जनाको ज्यान लिएको थियो । सयौँ परिवार घरबारविहीन भएका थिए । २०५९, २०६५ र २०६६ सालमा पनि औसतभन्दा
तिनाउमा ठूलो बाढी आएको थियो ।
पछिल्लो पाँच वर्षमा तिनाउको बहाव क्षेत्रमा बनेका २ सय टहरा बाढीले बगाएको छ । सिद्धबाबा तथा उपल्लो तटीय क्षेत्रमा
तिनाउ १० मिनेट मात्रै थुनिए बुटवल तथा त्यस आसपासमा ठूलो धनजनको क्षति पुयाउने बताईन्छ।
बुटवल सहरमा अवसरको खोजीमा आउनेहरु धेरै छन् । पहाड होस् वा तराई, जहाँबाट आए पनि उनीहरु बुटवल आसपासका क्षेत्रमा
कुनै न कुनै रूपमा बसोवास गर्न चाहन्छन् । जसले तिनाउको बाटोलाई छेकेर घर बनाउन थाल्छन् ।
अग्रजहरुका अनुसार तिनाउ खहरेजस्तो हो । जतिबेला पनि उर्लिन सक्छ । नदीको बहाव क्षेत्रमा सुकुम्बासीको नाममा बस्नेहरूलाई
प्रदेश र स्थानीय तहले उचित व्यवस्थापन गर्नुपर्छ ।
त्यति मात्रै होइन, तिनाउ आसपासका जग्गा स्थानीय टोल समितिले रकम लिएर बिक्री नै गर्ने गरेका छन् ।
सुकुम्बासीका नाममा तिनाउमा मनपरी भएको छ । जसले गर्दा रुपन्देही ठूलो विपत्तिको जोखिममा पर्ने र तिनाउ नदी सङ्कटमा परेको छ ।
तिनाउ नदीको बहाव क्षेत्र अहिले सय मिटरमा खुम्च्याइएको छ । त्यसो त तिनाउ नदी आसपासमा बस्नेहरु अधिकांश गैरसुकुम्बासी रहेको
आवाज पटकपटक उठ्ने गर्छ । तर ती बस्ती हटाउनेतर्फ स्थानीय र प्रदेश सरकारको चासो कमै देखिने गरेको छ ।
अव्यवस्थित बसोबास भएकै क्षेत्रमा पूर्वाधार निर्माणका नाममा नगरपालिकाले लाखौँ रकम खर्चिंदै गएको छ । कुनै बेला खुला रहेको
गोलपार्कदेखि बुटवल–११ को मजुवासम्म तिनाउको दायाँबायाँ अहिले घरहरूले पूरै छोपिएको छ ।
पछिल्ला वर्षहरुमा केहीलाई जग्गाधनीपुर्जा वितरण गरे पनि यहाँ सुकुम्बासी र भूमिहीनहरुको सङ्ख्या घट्नुको साटो बढ्दै गएको छ ।
बढ्दो सहरीकरण र अव्यवस्थित बसोवासको फोहोरले नदी र खोलाहरूको किनाराहरु भरिँदै गएका छन् ।
बुटवलमा झण्डै १४ हजार अव्यवस्थित बसोवासी रहेको बताइन्छ ।