मनोज कार्की ,
साउन ३ गुल्मी –
आज भोलि कतिपय मानिसहरु देख्दा पनि रिस उठने खालका हुन्छ भने कतिपय कहाँ देखौ कहाँ भेटौ भन्ने र देबताको रुप लिएका हुन्छन् । यहि जेठ १२ गते रुखबाट लडेर मेरुदण्ड भाचिएकी अर्घाखाँची जिल्लाकी छत्रदेव गाँउपालीका वडा न ७ ढिकुरा निवासि श्यामकला पाण्डे लाई सुजन न्यौपाने लगाएतका केही ब्याक्तीहरु देवता भएका छ्न ।
अर्घाखाँची जिल्ला छत्रदेव गाँउपालीका वडा न ७ ढिकुरा कि श्यामकला पाण्डेको मेरुदण्ड भाचिँएपछी उनको उपचारको लागि गुल्मी ल्याइएको थियो तर भन्छन् जहाँ होचो तेहि घोचो जस्तै भयो पाण्डेको गुल्मीमा उपचार सम्भव नभएपछि उनलााई काठमाडौं लगियो तर उनको उपचार लागि आर्थिक अभाव भएपछि उनको घर परिबार संगै सामाज सम्म अन्योल पर्यो ।
तर उनको उपचारलाई सम्भव बनाउन पत्रकार दिनेश पाण्डे , ए वन एच डिका संचालक सुजन न्यौपाने कतार बाट राजेन्द्र पाण्डे दुबै बाट बलराम न्यौपाने लगाएतका ब्याक्ति सहयोगका हात फैलाउदै हिडेको सहयोगी सुजन न्यौपानेले बताए ।
श्यामकला बचाउ अभियानको लागि न्यौपानेले यहिले सम्म २ लाख भन्दा माथी सहयोग संकलन गरेको पनि जानाकारी दिएका छ्न । उनलाई बचाउन सबै देश तथा बिदेशबासी संग पनि हार्दिक अपिल संगै सहयोगको अपेक्षा गरेको न्यौपानेले बताए ।
यता श्यामकलाले गाउँकै भगवती प्राथमिक विद्यालयमा कार्यालय सहयागीको रुपमा काम गर्दै गुजारा चलाउदै आएकी थिइन । तर उनको उपचारको लागि १२ लाख रकम खर्च हुने डाक्टरहरुले बताएका छ्न । उनको घरको आर्थिक स्थिति निकै कमजोर रहेको र घरको अवस्था देखेर उनको उपचारको लागि बिभिन्न ठाँउबाट सहयोग रकम उठ्दै गरेको पनि घर परिबारले बताएका छ्न ।
पाण्डेकि छोरी एक बर्षकी हुँदा बुबाको मृत्यु भयको थियो ।
अहिले आमाको मेरुदण्ड भाचिँएपछि छोरीलाई अझै समस्य माथि समस्या थपिएको छ । ‘बाबुलाई पनि देख्न पाइन, आमाको अवस्था पनि चिन्तालाग्दो छ उनले भनिन ।उपचारको लागि १२ लाख लाग्ने डाक्टरले बताएका छन् । यता श्यामकलाले गाउँकै भगवती प्राथमिक विद्यालयमा कार्यालय सहयागीको रुपमा काम गर्दै गुजारा चलाउदै आउनु भएको थियो ।
श्यामकला पाण्डेको उपचारको लागि सहयोग गर्ने चाहाने सहयोग दाताले सुुजन न्यौपाने , दिनेश पाण्डे , बलराम न्यौपाने , मनोज कार्की, मधुसूदन पाण्डे , राजेन्द्र पाण्डे लाई सम्पर्क गर्न सक्नुहुनेछ ।