गुल्मी –
साउन ३ ,
गुल्मीका आधा दर्जन भन्दा बढि सरकारी भवनहरु अलपत्र परेका छन । निर्माण सुरु गरेर समयमै काम सम्पन्न गर्न नसक्दा सरकारी भवनहरु अलपत्र परेका हुन । भवनहरु अलपत्र हुदा करोडौ रकम खेर जाने देखिएको छ ।
तोकिएको म्याद सकिएको ५(७ बर्ष भइसक्दा पनि भवन बनाउने काम सुरु भएको छैन ।
त्यसमा पनि कतिपय भवन बनाउने जिम्मा लिने निकाय पनि छैनन । रेसुङगाको धर्मशाला निर्माण अलपत्र छ ।
टाढा टाढा बाट आउने भक्तजनहरु तथा पर्यटकहरुको सुबिधाको लागि भनेर धर्मशाला निर्माण गर्ने भनिएको थियो तर उक्त धर्मशाला को काम पाच वर्ष हुदा समेत सकिएको छैन ।
२०७२ सालमा धर्मशालाको काम थालिएको थियो ।
सात करोड लगानीमा सम्पन्न गर्ने भनिएको उक्त धर्मशाला को काम अहिले ३० प्रतिशत मात्र सकिएको छ ।
रेसुङगा नगरपालीकाका सुचना अधिकारी शंकर प्रसाद गौतमले बजेट अभावले काम रोकिएको बताए ।
यता तम्घासको रेसुङगा नगरपालीकाको निर्माणाधिन भवन पनि अलपत्र छ । उक्त भवन आर्थिक वर्ष २०७२ ७३ मा बनाउन सुरु गरिएको थियो ।
भवन सम्पन्न गर्न अझै ५ करोड ५३ लाख लाग्ने कार्यलयले जनाएको छ । अहिलेसम्म उक्त भवन निर्माणको लागि १ करोड ९३ लाख खर्च भइसकेको छ ।
यस्तै तम्घास सदरमुकामकै उदिनढुङगाको जिप काउन्टरको निर्माणाधिन भवन पनि अलपत्र छ । आर्थिक वर्ष २०७४ ७५ मा भवन निर्माण गर्ने गरि योजना अगाडि बढाइए पनि बिचमै छोडिएको बताइएको छ ।
यता उपल्लो तम्घास मा रहेको महिला तथा बालबालीका कार्यालयको भवन निर्माण कार्य भने सकिएको छ
निर्माण कार्य सकिए पनि निर्माण गर्दा लाग्ने लागत खर्च भने नपाएको सुनिल समिर निर्माण सेवाका नारायण पोख्रेलले बताए ।
यस्ता अलपत्र भवनमा स्थानिय सरकारको ध्यान जान जरुरी छ ।