काठमाडौ ,
साउन ३ –
औषधि व्यवस्था विभागले औषधि अभाव बारे ७ दिनभित्र जानकारी गराउन देशभरका चिकित्सकहरूलाई आग्रह गरेको छ ।
विभागले एक सूचना जारी गर्दै हाल बजारमा आवश्यक औषधिको विवरण सात दिनभित्र लिखित वा इमेलमार्फत जानकारी गराउन आग्रह गरेको छ।
उपचारमा आवश्यक पर्ने कतिपय जीवनरक्षक औषधि बजारमा उपलव्ध नभएको गुनासा बढ्दै गएपछि विभागले उक्त सूचना जारी गरेको बताइएको छ।
मानिस तथा पशुपंक्षीको उपचारमा आवश्यक कतिपय जीवनरक्षक औषधि पछिल्लो समय बजारमा अभाव छ ।
जसका कारण चिकित्सकहरूले उपचारमा कठिनाइ झेल्दै आइरहेका छन् ।
विभागले भेटनरी तथा पशुपंक्षीमाको उपचारका लागि समेत आवश्यक औषधि बजारमा अभाव रहेको धेरै गुनासो आएपछि उक्त औषधि पनि जानकारी दिन आग्रह गरेको छ।
विभागले बजारमा अभाव खड्किएका एलोपेथिक, आयुर्वेदिक, होमियोप्याथि र भेटिरिनरीका औषधि विवरण पठाउन आग्रह गरेको हो।
विभागले शुक्रबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘ के कस्ता प्रकारका औषधिहरूको कस्तो प्रकारको रोगको उपचारका लागि अभाव रहेको हो सो सम्बन्धमा पनि सो चिकित्सा पद्धतिमा संलग्न सम्बद्ध चिकित्सकहरू, अस्पतालहरू लगायतलाई अनुरोध गरिन्छ।‘