पाल्पा ,
साउन ३ –
पाल्पाको रानीमहलमा पर्यटक लक्षित ईको पार्क निर्माण सुरु गरिएको छ ।
प्रेमको प्रतीक मानिने रानीमहल क्षेत्रमा हरियाली बगैंचा र विभिन्न किसिमका फूलसहित ईको पार्क निर्माण शुरु गरिएको हो ।
डिभिजन वन कार्यालय पाल्पाले पार्क निर्माणलाई अन्तिम रुप दिएको छ ।
नर्सरी तथा फलफूल विज्ञको सुझाव तथा निर्देशनमा ईको पार्कमा बिरुवा लगाईने बताइएको छ ।
रानीमहलको जग छेउमा खोलाबाटै पर्खाल उठाएर करिब २ रोपनी क्षेत्रफलमा माटो भर्ने काम अन्तिम चरण पुगेको छ ।
प्रदेश सरकारको १६ लाख र स्थानीय उपभोक्ता समितिको ४ लाख गरि २० लाख रुपैयाँमा पार्क निर्माणको काम भईरहेको डिभिजन वन कार्यालय पाल्पाका सूचना अधिकारी यमलाल पोखरेलले जानकारी दिनुभयो ।