काठमाडौ,
साउन ४ –
देशका विभिन्न भागमा अहिले वर्षा भइरहेको छ ।
महाशाखाकी मौसमविद् विभूति पोख्रेलका अनुसार यसकै प्रभावले अहिले काठमाण्डौ उपत्यकासहित कैलाली, डडेलधुरा, डोटी, नवलपरासी, चितवन, रामेछाप, ओखलढुङ्गा, धनकुटा लगायतका जिल्लामा मेघ गर्जनसहित पानी परिरहेको छ । यो क्रम अझै बढ्ने उहाँको अनुमान छ ।
केही दिनदेखि रोकिएको पानी पर्ने क्रम अब फेरि बिस्तारै बढ्ने मौसमविद्ले बताएका छन् ।
हाल देशैभरी सामान्य देखि पूर्ण बदली रही केहि स्थानहरुमा मेघ गर्जन सहित वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाले निकाले सूचना अनुसार आज दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहि केहि स्थानहरुमा वर्षा हुने सम्भावना छ ।
देशको थोरै स्थानमा भारी वर्षा हुने सम्भावना छ । राति देशभर सामान्य बदली रहने र देशका केहि स्थानमा वर्षा हुने सम्भावना छ ।
आज राति देशको थोरै स्थानहरुमा भारी वर्षा हुने महाशाखाले जनाएको छ । मनसुन न्यून चापिय रेखा नेपालको दक्षिणतिर अवस्थित भएता पनि बंगालको खाडीबाट प्रवेश गरेको जलवाष्पयुक्त हावा र स्थानीय वायुको प्रभावको कारण नेपालमा वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
मनसुनी न्यूनचापीय रेखा नेपाल नजिकै रहेको तथा बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावा र स्थानीय वायुको प्रभावले आजभन्दा भोलि र भोलिभन्दा पर्सि पानी पर्ने क्रम बढ्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।