बिपि स्मृति दिवसको पुर्वसन्ध्ययामा विपि विचार राष्ट्रिय समाज तिलोत्तमाले विपि वाटिकामा बृक्षारोपण गरेको छ ।
विपि कोइरालाको ३७औं स्मृति दिवसको पुर्वसन्ध्ययामा,विपि विचार राष्ट्रिय समाज तिलोत्तमाले नेपाली काग्रेसका
सस्थापक तथा पहिलो जननिर्वाचित प्रधानमन्त्री विपि वाटिकामा बृक्षारोपण गरेको हो ।
विपि विचार राष्ट्रिय समाजले शंकरनगर वन बिहार तथा अनुसन्धान केन्द्र स्थित विपि बाटीकामा
करिव एक सय वटा बिरुवा रोपेको हो ।
काग्रेस रुपन्देहीका सभापति अब्दुल रज्जाक, सचिव रामकृष्ण खाँण,
पूर्व उपसभापति मनोरमा शेरचन, महाधिवेशन प्रतिनिधि कुल प्रसाद लामीछाने, समाजका जिल्ला अध्यक्ष शरद भट्राई,
सल्लाहकार हरी न्यौपाने, बिष्णु पोखरेल, विपि चिन्तन प्रतिष्ठान रुपन्देहीका सभापति रोमणी प्रसाद पाठक,
काग्रेस जिल्ला सदस्य हरी तिवारी, क्षेत्रीय सचिव माधवलाल देवकोटा लगायतले बृक्षारोपण गर्नु भएको थियो ।
समाजका नगर अध्यक्ष कल्याण पौडेको सभापतित्व, उपसभापति यमलाल पाण्डेको स्वागत, सचिव दिनमणि पंगेनीको
सञ्चालनमा भएको कार्यक्रममा नेताहरुले बिपिले नेपालको प्रजातन्त्रीक आन्दोलनमा खेलेको भूमिका र उहाले प्रतिपादन गर्नु भएको
समाजवादका सम्वन्धमा चर्चा गर्नु भएको थियो ।
बी.पी.कोइराला नेपालको प्रजातान्त्रिक तथा समाजवादी आन्दोलनका एकजना विशिष्ट धरोहर हुन् । नेपालमा प्रजातान्त्रिक
चेतनाको विजारोपण, त्यसको विस्तार र प्रजातान्त्रिक समाजको आधारशीला निर्माणमा उनले ज्यादै महत्वपूर्ण भूमिका खेलेका छन् ।
साहित्यमा समेत गहिरो दख्खल राख्ने र नेपाली साहित्य भण्डारमा उत्कृष्ट साहित्यिक सिर्जनाहरू हस्तान्तरण गर्ने
बी.पी. कोइरालाको व्यक्तित्व, चिन्तन र क्रियाकलापको गहिरो प्रभाव नेपाली समाज र प्रजातान्त्रिक विश्वमा आज पर्यन्त अनुभूत गर्न सकिन्छ ।
त्यसैले नै होला, भिन्न स्कुलिङमा हुर्किएका नेकपा एमाले का तत्कालीन महासचिव मदन भण्डारीलेसमेत आफूलाई मन पर्ने
नेताहरूको सूचीमा बी.पी. कोइरालाको नाम पहिलो नम्बरमा राखेका थिए ।
विशिष्ट व्यक्तित्व र चिन्तकहरू प्रायः संसारभरि नै अति प्रशंसा र अति आलोचनाको घेरामा पर्न पुगेका अनेकौं सन्दर्भहरू हामी देख्न पाउँछौं ।
यस्तो ‘अति’का कारण समाज उनीहरूबारे सम्यक, सन्तुलित र वस्तुनिष्ठ अवधारणा विकास गर्न र उनीहरूबाट ग्रहण गर्नै पर्ने
शिक्षा लिनबाट वञ्चित हुन पुग्छ ।
अति प्रशंसाका माध्यमबाट आकाशमा पुयाइसकेपछि उनीहरू हामीबाट अलगिंदै जान्छन् ।उनीहरू समाजबाट कट्दै जान्छन् ।
‘अतिमानव’ का रूपमा विश्लेषण गरेपछि उनीहरू हामीभित्रकै, हामीमध्येकै विशिष्ट क्षमता र योगदान भएका व्यक्ति होइन,
कुनै अलौकिक व्यक्तित्वका रूपमा महिमामण्डित हुन पुग्छन् ।
त्यसो भइसकेपछि उनीबाट सिक्ने होइन,उनलाई पूजा गर्ने काम मात्रै बाँकी रहन्छ । अनि, अति निन्दा या अति आलोचनाले
सम्बन्धित व्यक्तिका योगदान, भूमिका र सान्दर्भिकतालाई अस्वीकार गर्छ ।
नोक्सानमा फेरि पनि समाज नै पर्छ ऊ सम्बन्धित व्यक्तिका महान योगदानको लाभबाट बञ्चित हुन्छ ।
बी.पी. कोइरालाको हकमा पनि यस्तो भएको छ । उनका कतिपय अनुयायीहरू उनलाई ‘महामानव’ को विशेषणले प्रशंसित गर्छन् ।
यो विशेषणभित्र अन्तरनिहित माया, विश्वास र सद्भावलाई बुझ्न सकिन्छ ।
तर यसो भनिरहँदा बी.पी. कोइरालालाई आफ्नो युग र आफ्नो सन्दर्भका सबैभन्दा अग्ला धरोहरका रूपमा हेर्ने, उनको सङ्घर्ष,
शिक्षा र आदर्शलाई देश काल सापेक्ष राखेर विश्लेषण गर्ने रआजको सन्दर्भमा उनलाई अझ बढी प्रासङ्गिक बनाउने दायित्व
कमजोर नहोस् भन्ने कुरामा हेक्का राख्नुपर्छ । अन्यथा उनलाई आफ्नो समयका सारथीका रूपमा बुझ्न सकिँदैन ।