साउन ४ बुटवल
२०३८ सालको बाढीले तिनाउ तटको खेतीयोग्य जमिन बगर बनाएपछि नयाँ बस्तीका रुपमा रहेका
बुद्धनगर र मजुवाको ठूलो भूभाग मिलेर बनेको बुटवल ११ मा मात्रै हालसम्म २० वटा चर्च बनिसकेका छन्।
तिनाउ तटका सुकुम्बासी बस्तीहरुमा धर्म परिवर्तनको लहर नै चलेको छ। उक्त वडाका ६० हजार जनसंख्यामध्ये
२४ हजार ५०० दलितको बसोबास छ। चर्चको अभिलेख र स्थलगत अध्ययनअनुसार हालसम्म ७० प्रतिशत दलितहरुले
जातीय उत्पीडन र गरिबीबाट जोगिने आशमा धर्मपरिवर्तन गरिसकेका छन्।
मजुवाको ३ नम्बर टोलस्थित आशीष चर्च कोरियाबाट आएको धर्मप्रचारक समूहले बनाएको हो। ‘कोरियाबाट घुम्न आएकी
एक एक महिलाले बनाइदिएर गएकी हुन्।
आशीष चर्चले आफ्नै अगाडिको सूर्योदय आधारभूत विद्यालयमा ७ लाख रुपैयाँ लगानी गरेको छ। आफैंले स्थापना गरेको
उक्त विद्यालयमा ‘पढाउन’ भन्दै चर्चका पास्टर ले चर्चका २ जना शिक्षक उपलब्ध गराएका थिए। विद्यार्थीले शिक्षकहरुले
आफूलाई इशाई धर्म पढाउने र कक्षामै प्रार्थनागर्न लगाउने बताइरहेका छन्। अहिले दुवै शिक्षकले विद्यालय छाडिसकेका छन्।
विदेशी तथा स्वदेशी धर्म प्रचारकहरुले प्रलोभनमा पारेर, झुक्याएर, लोभ लालच देखाएर वा जबर्जस्ती धर्म परिवर्तन गराएको
भन्दै वडालाई धर्म परिवर्तनमुक्त क्षेत्र घोषणा गरिएको हो।यी घटनाहरुले बुटवल क्षेत्रमा धर्म प्रचारकहरुको उपस्थित कति बलियो छ
भन्ने बताउँछन्।
धर्म निरपेक्षताको आडमा उनिहरुले वस्तीकामा व्याप्त स्वास्थ्य, गरिबी, जातीय विभेदजस्ता समस्याहरुबाट
मुक्ति दिने भन्दै ठूला लगानीमा धर्मप्रचारकहरुले धर्म परिवर्तन गराएको बस्तीका अगुवाहरु नै बताउँछन्।
गरिबी र जातीय विभेदबाट सुकुम्बासी बस्तीका दलितहरुले भोगिरहेको सामाजिक समस्यालाई‘क्यास’गर्न धर्मप्रचारक लागि परेका छन्।
धनी र उच्च जातका भनिएका मानिस विरलैमात्र धर्म परिवर्तन गर्छन्। धर्म परिवर्तनको चेतना उनैको घरघरमा पुगिरहेको,
जसले यो समाजमा आफ्नो अस्तित्व खोजिरहेका छन् ।
विश्वको एकमात्र हिन्दूराज्यको रुपमा रहेको नेपाल १० वर्षे गृहयुद्ध र राजतन्त्रको समाप्तिपछि २०६३ माघ १ गते धर्मनिरपेक्ष राज्य बन्यो।
त्यसपछि २०७२को संविधानले त्यो कुरालाई निरन्तरता दिएको छ। २०६३ सालपश्चात् नेपाल धर्मनिरपेक्षता गलत व्याख्या गर्दै
संक्रमणकालमा बाहिरबाट आएका धर्महरुले सञ्जाल विस्तार गरेको हुनसक्दछ ।
बुटवल–११, का चर्चहरुका अभिलेखमा हेर्दा धर्मान्तरण गर्ने कुल दलितहरुमध्ये २०६३ देखि २०७० सालसम्म धर्मान्तरणको दर
७५ प्रतिशत रहेको छ। यसरी बसेको थियो सुकुम्बासी वस्ती २०५९ सालमा छाडा गाईवस्तुको व्यवस्थापन गर्न बुटवल नगरपालिकाका
तत्कालीन मेयर भोजप्रसाद श्रेष्ठले तिनाउ नदीको पश्चिमी तटमा रहेको ठूलो भूभागमा टहरा बनाउने निर्णय गरे।
मेयर श्रेष्ठले २०३८ सालमा आएको विनाशकारी बाढीले खेतियोग्य जमिनलाई बगरमा परिणत गरेपछि उक्त भूभाग गाईवस्तु
व्यवस्थापन गर्न योग्य ठहर गरेका थिए। यो निर्णय सुन्नासाथ साविकको बुटवलमा प्रजातान्त्रिक नेता दीपक बोहोराले
बसाएको र उनकै नामबाट नामाकरण गरिएको बस्ती दीपनगरका ईश्वरी श्रेष्ठ, कुन्दन गुरुङ र राजु थापालगायतका अगुवाहरुलाई
नयाँ ‘आइडिया’ आयो।
पशुभन्दा मानिस नै गएर बसौँ न ,भन्ने मनसायले ती अगुवाहरुसहित दीपनगरकै ५० जनाको समूहले टहरा बनाउने भनिएको
उक्त स्थानमा २०५९ साल माघ २७ गते २० विगाहा जमिन ओगटेर नयाँ बस्ती बसाए। अहिले यो बस्ती बुटवल वडा नं ११ को
सबैभन्दा ठूलो सुकुम्बासी वस्तीको रुपमा परिचित छ।
हाल बुद्धनगर, सिर्जनाटोल र तिलोत्तमानगरमिलेर बनेको यो बस्तीमा अहिले ४५ सय घरधुरीहरु रहेका छन्।
यो टोलहरुमा ७५ प्रतिशत दलितहरु बस्छन्।यो बस्तीभन्दा निकै पुरानो अर्को सुकुम्वासी बस्ती हो मजुवा।
बुद्धनगरको उत्तरमा रहेको यो भूभागमा २०१५र१६ सालदेखि नै बस्ती बसिसकेको थियो।
२०२७ र २०३८ सालमा तिनाउमा आएको बाढीले डुवानमा पारेपछि लालपुर्जा भएको खेतीयोग्य जमिनलाई बगरमा परिणत गर्यो।
२०३८ साल असोज १३ गते तिनाउबाट अलग्एिर दानव नदी बनेपछि यी दुई नदिको बिचमा मजुवाको ‘टापु’ बन्यो।
हाल यी दुई वस्तीमा ८ हजार घरधुरी रहेका छन्।