कालीदास आत्रेय,
गुल्मी ,साउन ४ –
गुल्मीको छत्रकोट गाउपालीका वडा नम्बर ६ दौघामा हाते ट्याक्टर बितरण कार्यक्रम सम्पन्न भएको छ ।
छत्रकोट गाउपालीकाको आर्थिक वर्ष २०७५ ७६ को कृषि कार्यक्रम अन्तर्गत आधुनिक प्रबिधियुक्त कृषि को लागि हाते ट्याक्टर बितरण गरिएको हो ।
उक्त कार्यक्रम अन्तर्गत ४ वटा हाते ट्याक्टर ५० प्रतिशत अनुदानमा बितरण गरिएको हो ।
कार्यक्रममा वडा अध्यक्ष थम्मन ज्ञवाली,कार्यपालीका सदस्य कमला ढकाल, वडा सदस्य नारायण रेस्मी र कृषि प्राबिधिक पबित्रा घिमिरे लगायतको सहभागिता रहेको थियो ।
यसैबिच गुल्मीका स्थानिय तहले किसानलाइ आधुनिक कृषि तर्फ अगाडि बढाउन आधुनिक यन्त्र बितरणमा तिब्रता दिएका छन ।
यसले गर्दा किसानहरुलाई थप हौसला मिलेको छ । यस वर्ष प्रदेश र स्थानिय सरकारले कृषिमा यान्त्रीकरणका लागि ५ करोड रुपैया खर्च गरेका छन ।
छत्रकोट गाउपालीकाले चालु आर्थिक बर्षमा १० लाख रुपैयाको कृषि उपकरण खरिद गरेको जनाएको छ ।
रुरु गाउपालीकाले असार ३१ गते हाते ट्याक्टर १८ वटा, टनेलको लागि प्लास्टिक ७० वटा ,सिटेचर ४ वटा , स्प्रेयर १० वटा, मौरी घार ८३ वटा र च्याप कटर ४ वटा बितरण गर्ने तयारी गरेको छ ।
गुल्मी दरबार गाउपालीकाले चालु आर्थिक बर्षमा ४५ लाख रुपैयाको कृषि उपकरण खरिद गरि कृषकलाई बितरण गरेको जनाएको छ ।
यस्तै चन्द्रकोट गाउपालीकाले २५ लाख रुपैयाको कृषि उपकरण खरिद गरि कृषकलाई बितरण गरेको जनाएको छ ।
आगामी आर्थिक वर्षमा पनि झन्डै ५० लाख बराबरको बजेट बिनियोजन गरिएको गाउपालीका अध्यक्ष द्रोण खत्रीले जानकारी दिनुभयो ।
इस्मा गाउपालीकाले पनि ९ लाख रुपैया बराबरको कृषि उपकरण खरिद गरि कृषकलाई बितरण गरेको जनाएको छ ।
मुसिकोट नगरपालीकाले १५ लाख रुपैया खर्च गरेको जनाएको छ । यस्तै धुर्कोट गाउपालीकाले पनि कृषि उपकरण खरिद को लागि १५ लाख रुपैया खर्च गरेको जनाएको छ ।
यस्तै रेसुङगा नगरपालीकाले चालु आर्थिक बर्षमा २० लाख रुपैयाको कृषि उपकरण खरिद गरि कृषकलाई बितरण गरेको जनाएको छ ।
सत्यवति गाउपालीकाले ४२ लाखका कृषि उपकरण खरिद गरि कृषकलाई बितरण गरेको जनाएको छ ।