पाल्पा,
साउन ५ –
पाल्पाको होङ्सी शिवम सिमेन्टको खानी क्षेत्रका स्थानीय बासिन्दा आक्रोसित भएका छन् ।
सिमेन्ट कम्पनीका कारण बिभिन्न कृतिम समस्याहरु सिर्जना भएकाले त्यसको समाधान गर्न र त्यस बापतको राहत दिनु पर्ने स्थानीयले माग गरेका छन ।
निस्दी गाँउपालिका ज्यामिरेमा अवस्थीत होङ्सी शिवम सिमेन्टको खानी क्षेत्रका स्थानीय बासिन्दा आक्रोसित भएका हुन् ।
खानीका कारण उर्वर जग्गाको व्यापक क्षती भएको, व्यक्तिगत सम्पतिमा परेको असरप्रति वास्ता नगरिएको, खेतीयोग्य जमिन खेती गर्न नमिल्ने अवस्थामा रहेको र
कम्पनीका लागि बनाइएको बाटोले व्यक्तिगत जग्गाको बिनाश भएको स्थानिय को आरोप छ।
निस्दी गाँउपालिका ७ का वडा अध्यक्ष गगनसिंह सोतीले समस्याका बिषयमा कम्पनीलाई पटक–पटक ध्यानाकर्षण गराउदा पनि सुनुवाई नभएको बताउनु भयो ।
स्थानीयबासीको आक्रोस र चिन्ताप्रति समर्थन जनाउदै बडा अध्यक्ष सोतीले स्थानीयलाई होङ्सी सिमेन्ट कम्पनीले अन्याय गरेको आरोप लगाउनु भयो ।
करिब ३६ अर्ब रुपियाँ लगानी रहने गरी चीनको होङ्सी सिमेन्टसँगको सहकार्यमा पाल्पामा खानि तथा नवलपरासीमा प्लान्ट खोलेर होङ्सी शिवम सिमेन्ट उत्पादन सुरु भएको छ ।
खानीका कारण स्कूल, खानेपानीका मुहान, सिचाँई कुलो, पाटी पौवा, मठ मन्दिर लगायतमा क्षति भएकोे र अहिले संम्पदाहरु जिर्ण अवस्थामा रहेको स्थानियले बताएका छन् ।
उद्योगका नाममा आफ्नै जमिन उपयोग विहिन भएर भोकमरीदेखि प्राकृतिक प्रकोप सम्मको शिकार बन्नु पर्ने चिन्ताले उनीहरुलाई सताएको छ ।