गुल्मी,
साउन ५ –
गुल्मीका विभिन्न स्थानमा पुरातात्त्विक महत्व राख्ने संरचनाहरू जीर्ण बन्दै गएका छन ।
यहि समयमा धुर्कोट गाउँपालिका – ७ बाग्लाका युवाहरुले अजमिरे समाज गठन गरी दुर्गा भगवतीको आधुनिक मन्दिर निमार्णमा जुटेका छन ।
करिब ५६ लाख रुपैयाँ लागत अनुमान गरिएको मन्दिर स्वस्पूर्त रूपमा रकम उठाएर मन्दिर निर्माण सुरु गरिएको हो ।
मूल मन्दिर निमार्णको जिम्मा नेपाल सरकार पुरातत्त्व विभागबाट पुरातात्त्विक भवन निर्माणको लागि मान्यता प्राप्त मोहनविक्रम तेथालाई र मन्दिर सर्वे तथा इन्जिनियरिङको काम इगल सोलुसनले गरिरहेको स्थानीय महेन्द्र घिमिरेले जानकारी दिनुभयो ।
तेथालाई ३४ लाख रुपैयाँमा मूल मन्दिर निर्माणको जिम्मा दिइएको हो ।
तेथासग रिडिको रिक्रिकेष मन्दिर, पाल्पाको रानीमहल भित्रमा बिभिन्न मन्दिरहरु तथा बिभिन्न मन्दिर बनाएको अनुभब रहेको छ ।
घिमिरेका अनुसार भक्तपुरे बुट्टा भरेर मन्दिर निर्माण कार्य भईरहेको छ ।
त्यस्तै, मन्दिर पेरामिटर, पूजारी बस्ने घरका साथै धारो बनाउने जिम्मेवारी भने स्थानीय ठेकेदारलाई दिइएको छ ।
मन्दिर निर्माणको लागि अहिलेसम्म ४६ लाख रुपैयाँ संकलन भएकोमा ३४ लाख स्थानीयले स्वस्फूर्त रूपमा आफैले र १० लाख रुपैया धुर्कोट गाउँपालिकाले उपलब्ध गराएको समाजले जनाएको छ । कतिपय काम स्थानीयले निःशुल्क रूपमा पनि गर्ने गरेका छन्।
मन्दिर निर्माणको काम आगामी असोजसम्ममा सकेर दशैँको दुर्गा पूजाका दिन उद्घाटन गरिने जनाइएको छ ।
यस दिन उपस्थीत हुन आउने सबैलाई नेपाली राष्ट्रिय पोशाकमा आउनको लागि समाजले आव्हानसमेत गरेको छ ।
मन्दिर निर्माणको लागि अहिलेसम्म ४६ लाख रुपैयाँ संकलन भएकोमा ३४ लाख स्थानीयले स्वस्फूर्त रूपमा आफैले र १० लाख रुपैया धुर्कोट गाउँपालिकाले उपलब्ध गराएको समाजले जनाएको छ ।
कतिपय काम स्थानीयले निःशुल्क रूपमा पनि गर्ने गरेका छन्।
भक्तपुरे बुट्टा भरेर मन्दिर निर्माण कार्य भईरहेको अजमिरे समाजले जनाएको छ ।