काठमाडौ,
साउन ५ –
नेपाल कम्युनिस्ट पार्र्टी ९नेकपा०ले यसअघिका अधिकांस नेतालाई दोहो¥याएर जिल्ला इञ्चार्ज र सह–इञ्चार्जको टुंगो लगाएको छ ।
आज बसेको सचिवालय बैठकले बैठकले ७७ जिल्लाका इन्चार्ज र सहइन्चार्जको भने टुंगो लगाएको हो । यसका साथै जिल्ला कमिटीकै मान्यता पाएको ६ महानगरपालिकाको इन्चार्ज र सहइन्चार्जको समेत टुंगो लगाएको छ ।
मंगलबार १ बजे पार्टी कार्यालय धुम्बाराहीमा बस्ने बैठकले भने सबै विभाग र केन्द्रीय सदस्यहरुको कार्यविभाजन टुंगो लगाउने पनि प्रवक्ता श्रेष्ठले बताउनुभयो ।
पूर्व सहमति अनुसार तत्कालीन एमालेले ४५ र तत्कालीन माओवादीले ३८ जिल्ला इन्चार्ज पाएको छ ।
तत्कालीन एमालेको भागमा इञ्चार्ज परेको जिल्लामा तत्कालीन माओवादीको सह–इञ्चार्ज र तत्कालीन माओवादीको इञ्चार्ज भएको जिल्लामा तत्कालीन एमालेको सह–इञ्चार्ज रहनेछन् ।
बैठकले विभिन्न संगठन, तथा विभागहरुको गठन, केन्द्रीय सदस्यहरुको कार्य विभाजनलगायतका विषयमा निर्णय लिने भनिएको थियो । तर नेताहरुबीच कुरा मिल्न नसक्दा बैठक मंगलबारसम्मका लागि सरेको स्रोतको दावी छ ।
संगठन विभाग, विदेश, स्कुल, पार्टी नीति तथा प्रतिष्ठान, आर्थिक, प्रचार विभागलगायतमा नेताहरुबीच लगभग सहमति भए पनि पार्टीको स्कुल विभागको नेतृत्व कसले लिने भन्ने विषय पेचिलो बन्दा आजको बैठक सरेको बुझिएको छ ।
स्कुल विभाग पूर्व एमाले वा पूर्व माओवादी कसले लिने भन्नेमा विवाद कायमै छ । स्कुल विभागमा पूर्व एमालेका ईश्वर पोखरेल र पूर्व माओवादीबाट नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ को दावेदारी छ ।
यसैबीच आइतबार बसेको सचिवालय बैठकबाट बाहिरिने क्रममा नेकपा नेता बामदेव गौतमले भने आफूले संगठन विभागको नेतृत्व पाउने निश्चित भएको दावी गर्नुभयो । बैठक अपेक्षित सकारात्मक भएको र आफूले नै संगठनको विभाग पाउने पक्का भएको उहाँले दावी गर्नुभयो ।
तर पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले भने अहिले विभागको नेतृत्वका बारेमा कुनै टुंगो नलागेको बताउनुभयो ।
सचिवालय बैठक मंगलबार बस्ने गरी स्थगित भएको छ ।