प्रेम गित ३ मा भित्रिए दारिवाला बनेर प्रेम पुरी

साउन ६,प्रेम गित ३ मा मुख्य भुमिकामा अभिनेता प्रेम पुरीले पनि काम गर्ने भयका छन् । आसुसेन फिल्म्सले केहि दिन अघि आधिकारिक रुपमा सहि गरायको थियो । आउने चैत २८ मा प्रदर्शन हुने र यस वर्षकै उत्कृष्ट हुने आशा राखियको छ । यउटा महत्वपुर्ण भुमिकाको रुपमा उनलाई लिएका हौ, निर्माता सन्तोस सेनले भने क्यारेक्टर अनुसार उहाँ फिट हुनुहुन्छ प्रेम गित ३ का लागि
प्रेम पुरीले यो भन्दा अघि आसुसेनकै पहिलो चलचित्र ‘चंखे, शंखे, पंखे’ मा मुख्य भुमिका को रुपमा काम गरिसकेका छन् ।

त्यसअघि उनले ‘सम्झिराख है’ मा समेत काम गरेको अनुभव बतायका छन् र, ‘चंखे शंखे पंखे’ आफ्नो करिअरकै महत्वपुर्ण चलचित्र हो भनेर उनि भन्छन् ।

‘उक्त चलचित्रपछि उनलाई धेरै चलचित्रको अफर आयो, तर गरिनँ’, उनले भने ।

आकर्षक ज्यान र अभिनयका कारण उनले धेरै चलचित्रको अफर छोडेपनि राम्रो व्यानरका प्रोजेक्टमा मात्रै काम गर्ने सोच अनुसार यो प्रोजेक्टमा भित्रिएको बताए ।

यो चलचित्रमा अभिनेता पुरी नेपालका नाम चलेका पुराना र पाकासहित पछिल्लो समयका सुपरस्टार प्रदीप खड्का लगायतसँग सहकार्य गर्ने बतायका छन् ।