काठमाडौ ,
साउन ६ –
केही दिन निष्कृय रहेको मनसुन सोमबारदेखि फेरि सक्रिय भएको छ। देशको पूर्वी क्षेत्रका अधिकांश स्थानमा आज वर्षा हुने भएको छ । मनसुन न्यून चापिय रेखा नेपालको दक्षिणतिर अवस्थित रहेको र बंगालको खाडीबाट प्रवेश गरेको जलवाष्प युक्त हावा र स्थानीय वायुको प्रभावको कारण पूर्वका अधिकांश साथै मध्य तथा पश्चिमका केहि स्थानमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार हाल देशको पूर्वी तथा मध्यका अधिकांश भु भागमा सामान्य देखि पूर्ण बदली भई केहि स्थानमा मेघ गर्जन सहित वर्षा भईरहेकोे छ । पश्चिमि भू भागमा आंशिक देखि सामान्य बदली भई १÷२ स्थानमा वर्षा भईरहेको छ । मध्य र पूर्वी भेगका केही ठाउँमा सोमबार भारी वर्षा हुने सम्भवना रहेकाले बाढी, पहिरो तथा डुबानको खतराबाट सचेत रहन महाशाखाका मौसमविद राजु प्रधानाङ्गले आग्रह गर्नुभएको छ ।
पानी पार्ने वायु ९न्यून चापीय रेखा० नेपालको दक्षिणतिर अवस्थित रहेको र बंगालको खाडीबाट नेपाल प्रवेश गरेको जलवाष्पयुक्त हावा र स्थानीय वायुको प्रभावका कारण पूर्वका अधिकांश साथै मध्य तथा पश्चिमका केही स्थानहरुमा पानी पर्ने मौसमविद प्रधानाङ्गले जानकारी दिनुभयो।
आज दिउँसो देशको पूर्वी र मध्य भू भागमा सामान्य देखी पूर्ण बदली साथै पश्चिमी भू भागमा आंशिक देखि सामान्य बदली रहने बताइएको छ । पूर्वका र मध्यका अधिकांश स्थानमा साथै पश्चिमका केहि स्थानमा वर्षा हुने जनाइएको छ । पूर्व तथा मध्यका थोरै साथै पश्चिमका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ ।
महाशाखाका अनुसार आज राती देशको पूर्वी र मध्य भू भागमा सामान्य देखि पूर्ण बदली साथै पश्चिमी भू भागमा आंशिक देखि सामान्य बदली रही देशको पूर्वी तथा मध्यका अधिकांश स्थानमा साथै पश्चिमका केहि स्थानहरूमा वर्षा हुनेछ । देशको पूर्व र मध्यका थोरै स्थानमा साथै पश्चिमका एक दुई स्थानमा भारी वर्षा हुनेछ ।