युगराज बस्याल, गुल्मी
साउन ६ –
किसानका लागि उन्नत बिउ बिजन कार्यक्रमले कृषि सेवा केन्द्र भवन छत्रकोट गाउपालीका गुल्मीलाई हस्तान्तरण गरेको छ । आर्थिक वर्ष २०७४ ७५ मा वडा नम्बर ३ भालुपानीमा निर्माण गरिएको कृषि सेवा केन्द्र भवन आज एक कार्यक्रमको बिच हस्तान्तरण र उद्धघाटन गरिएको हो । करिब ३५ लाख रुपैयामा निर्मित भवन केयुबिके प्रोग्राम म्यानेजर कैलाश कुमार पौ ड्याले गाउपालीका अध्यक्ष मधुकृष्ण पन्थलाई हस्तान्तरण गर्नुभएको हो ।

भबनको प्रदेश सांसद एवम बिशेषाधिकार समिति संयोजक कमलराज श्रेष्ठले उद्धघाटन गर्नुभएको थियो । भबनको उद्धघाटन गर्दै सांसद श्रेष्ठले संघिय सरकार ,प्रदेश सरकार रगाउपालीकाले कृषिलाई प्राथमितामा राखेर धेरै कार्यक्रम स्थानिय नागरिक सम्म पुर्याएको बताउनुभयो । स्थानिय युवाको पलायन ,व्यवसायिकतामा कमिका कारण लगानी अनुसारको कृषिमा उपलब्धी नदेखिएको बताउनुभयो । उहाले कृषिमा आत्मनिर्भर हुन र आयआर्जन गर्न बिश्वासका साथ कृषि पेशामा लाग्नुपर्ने बताउनुभयो ।
रुरु गाउपालीका अध्यक्ष निलकण्ठ गौतमले निर्वाहमुखि खेतिका कारण कृषिमा उल्लेख्य बिकास र उन्नती हुन नसकेको बताउनुभयो । केयुबिकेका कैलाश कुमार पौडेलले भवनको अधिकतम उपयोग गरि लाभ लिन शुभकामना दिनुभएको थियो । गाउपालीका उपाध्यक्ष नर्मदा भण्डारीले सेवाग्राहिको सुबिधाको लागि भवन निर्माण गरिएकोले सेवागा्रहिले लाभ लिनुपर्ने बताउनुभयो ।
वडा नम्बर ३ का वडाध्यक्ष तेजकान्त अर्यालले सेवाकेन्द्र भवन वडा नम्बर ३ मा बनेकाले छत्रकोटका सम्पुर्ण कृषकसगै वडानम्बर ३ का नागरिकले अत्याधिक सेवाको प्रत्याभुती गर्ने बिश्वास ब्यक्त गर्नुभयो । कृषि ज्ञान केन्द्रका प्रमुख अमरराज शर्माले कृषिको लागि ज्ञानकेन्द्रले सधै सहयोग सहकार्य गर्ने बताउनुभयो । यस्तै नेकपाका अध्यक्ष राम प्रसाद पाण्डेयले कृषिबाट युवाले लाभ लिनुपर्ने बताउदै शुभकामना मन्तव्य राख्नुभएको थियो ।
छाया सरकार प्रमुख एवम नेपाली कांग्रेशका नेता अनन्त पौड्यालले तथ्य र तथ्याङकमा आधारीत भइ उत्पादनको साथै बजारको पनि सुनिश्चितता गरिए मात्र कृषिको लगानि सफल हुने बताउनुभयो । कार्यक्रममा वडा नम्बर ६ का वडा अध्यक्ष थम्मन ज्ञवालीले स्वागत गर्नुभएको थियो ।
नब निर्मित भवनबाट गाउपालीकाले कृषि र पशु शाखाको कार्यलयको सेवा प्रदान गर्नेछ ।

निर्माण व्यवसायिको ढिलाईका कारण आर्थिक वर्ष २०७४ ७५ को भवन अहिले हस्तान्तरण र उद्धघाटन गरिएको हो । कार्यक्रम न्यायिक समिति सदस्य बाबुराम अर्यालको सन्चालनमा सम्पन्न भएको थियो ।
कार्यक्रमको रुरु एफएमले प्रत्यक्ष प्रसारण गरेको थियो ।