गुल्मी ,
साउन ६ –
रुरु क्षेत्रधाम रिडिमा भदौ २८ गतेदेखि असोज १७ गतेसम्म सन्चालन हुने बिराट ज्ञान महायज्ञको चौथो तयारी बैठक सम्पन्न भएको छ । कथा वाचक बाल योगेश्बर महाराजको प्रमुख आथित्यतामा सम्पन्न बैठकले सचिवालय सदस्य थप गरि २५ सदस्यीय बनाएको छ । सचिवालय बैठकले करिब ५० बढि उपसमिति गठन गरिसकेको छ । उपसमितिहरुले मगंलबार देखि आफ्ना गतिबिधिहरु अगाडि बढाउने आयोजकले जानकारी दिएको छ ।
यसैबिच सोमबार महाराजको फाउन्डेसनबाट रुरु क्षेत्र रिषिकेष मन्दिर परिसर पाल्पा तर्फको स्नानघाट एवम् प्रतिक्षालय र बाटोघाटो सरसफाइ गरिएको छ । यसअघि रुरुक्षेत्रधाम रिडी गुल्मीमा आगामी सोह्र श्राद्धको अवसरमा पितृमोक्षका लागि बृहत पितृमोक्ष श्राद्ध,२१ करोड दिप प्रज्वलन लगायतका धार्मिक अनुष्ठान सम्पन्न गर्न मुल आयोजक समिति गठन गरि सकिएको छ ।
५१ सदस्य प्रारम्भिक मुल समिति स्थानिय समाजसेबी गुरु प्रसाद ज्ञावालीको संयोजकत्वमा गठन गरिएको हो । स्थानिय,रुरु गाँउपालिका,कालिगण्डकी गाँउपालिका र तानसेन नगरपालिकाका जनप्रतिनिधि हरुको भेलाबसी समिति गठन गरेको हो । सहभागिहरुले यस पटक आयोजना गरिएको पितृमोक्षका लागि बृहत पितृमोक्ष श्राद्ध,२१ करोड दिप प्रज्वलन लगायतका धार्मिक कार्यक्रम यस क्षेत्रमा पहिलो पटक आयोजना भएकोले सबै सहभागी भैइ सफल बनाउन जोड दिएका थिए ।
बालयोगेश्वर फाउन्डेसनको सक्रियतामा,सोह्र श्राद्धको अवसरमा पितृमोक्षका लागि पितृमोक्ष श्राद्ध,२१ करोड पाँचसरे दिप प्रज्वलन, १ करोड शिवलिङ्ग निर्माण गरि पुजन,गंगा आरती,तुलादान,१ सय ८ तिर्थस्थलको जल सहित हेलिकप्टर बाट पुष्प बृष्टि, कन्या पुजन,५१ सय कलस पुजन,श्रद्धालु भक्तजनको भुमिपुजन जेष्ठ नागरिक तथा समाजसेबि सम्मान लिलामय श्रीमदभागवत प्रवचन लगायतका धार्मिक अनुष्ठान गरिने भएको हो ।
रुरुक्षेत्रधाम रिडीको महत्वका बारेमा प्रचार प्रसार गर्न यस धार्मिक अनुष्ठाको महत्वपुर्ण भुमिका रहने रुरु गाँउपालिका १ रिडीका वडा अध्यक्ष रामलाल बिक र समाजसेबी गुरुदत्त ज्ञवालीले बताउनु भयो । पितृमोक्ष श्राद्ध,भुमिपुजन र २१ करोड दिप प्रज्वलनको लागि उपस्थित हुने श्रद्धालु भक्तजनले पितृको फोटो,सम्भव भएमा श्राद्धका लागि आवस्यक सामाग्री,घरको १ मुठ्ठी माटो,यथासक्य अन्न, पाँचसरे १०८ बत्ति र जुनसुकै यज्ञ वा कर्मको लागि जम्मा रु २१ सय रुपैया दक्षिणा तय गरिएको छ । दक्षिणा बाट प्राप्त रकम यज्ञ संचालन र सम्मान कार्यमा उपयोग गरिने छ ।