युगराज बस्याल,गुल्मी
साउन ७ –
सोमबार साझ देखि परेको अबिरल बर्षाका कारण गुल्मीमा भिषण पहिरो गएको छ । गुल्मीको सत्यवती गाउपालीकामा भिषण पहिरोबाट १० जनाको मृत्यु भएको छ।
गाउपालीकाको वडा नम्बर ३ मा राति घरमा भल पसी स्थानीय टेक बहादुर तरामुकी श्रीमती ३० बर्षीय तिलकुमारी तरामू , उनका छोरा बर्ष १० का दर्शन तरामुको मृत्यु भएको वडा नम्बर ३ का अध्यक्ष रुक बहादुर राना ले जानकारी दिनुभयो ।
यस्तै उनकी ९ र १३ बर्षीया छोरी करिष्मा र धनी तरामु घाइते भएको भएका छन्। घाइते उनिहरुको उपचारको लागि डक्टरको टोली घटनास्थलमा पुगेर उपचार गरिरहेको छ ।
यस्तै सत्यवती गाउँपालिका वडा नं ४ लिम्घामा ३ घर बगाउदा ८ जनाको शब फेला परेको वडा कार्यलयका का कर्मचारी सुनिल ज्ञवालीले जानकारी दिनुभयो ।
मृत्यु हुनेमा रुपा बिक , बालीका सिवानी बिक, निर्मली बिकका छोरा र छोरी र पम्फा बिकका छोरा र छोरी रहेको र उनिहरुको नाम खुलेको छैन । यस्तै हेमन्सु बिक अन्जली बिक रहेका छन । उद्धारका लागी स्थानीयको टोली लागेको र प्रहरीको टोली पनि पुग्न लागेको उहाले बताउनुभयो ।
यस्तै सत्यावती गाउँपालिका वडा नं ३ सिङदीमा रुद्र बहादुर बिकको घर पहिरोले बगाएको छ। राति घर बगाउदा रुद्रबहादुर बिक र उनकी आमा घरमा भएको आशंका गरिएको छ।
उनीहरु बेपता रहेको स्थानीयहरुले बताएको खोजी कार्य जारी रहेको बताईएको छ। अबिरल बर्षा भईरहेका कारण प्रहरीको टोली त्य तर्फ पुग्न सकेको छैन बाटोमा पहिरो गएका कारण पनि घटनास्थलमा जान समय लागेको जिल्ला प्रहरी कार्यलय गुल्मीले जनाएको छ ।
घटना स्थलमा जिल्ला प्रहरी कार्यलय गुल्मीका प्रहरी नायब उपरीक्षक मिन घलेको नेत्तृवमा प्रहरीको टोली त्यस तर्फ गएको र यर्थार्थ बिबरण त्यस पश्चात आउन सक्ने जिल्ला प्रहरी कार्यलय गुल्मीले जनाएको छ। यता गुल्मी जिल्लाका प्रमुख जिल्लाअ अधिकारी यदुनाथ पौडेलका अनुसार उद्धारका लागि प्रहरीको टोली संगै स्थानीय लागेको र उपचारका लागि स्वास्थ्यको टोली पुगेको जानकारी दिनुभयो।