गुल्मी
साउन ७ –
अबिरल बर्षाका कारण गुल्मीमा १२ जनाको मृत्यु भएको छ । सोमबार साझ देखि परेको गुल्मीको अबिरल बर्षाका कारण सत्यवती गाउपालीकामा भिषण पहिरोमा पुरिएर १२ जनाको मृत्यु भएको हो । घर पुरिदा २ जना घाईते भएका छन । पहिरोमा पुरिएर मृत्यु हुनेमा सत्यवती गाउपालीका वडा नम्बर ४ लिम्घा भिरकुनाका,
छली बिक बर्ष ६८,सिवानी बिक बष ७,निर्मला बिक बर्ष ३०, सुमन बिक बर्ष २, तारा बिक बर्ष ६, पम्फा बिक बर्ष २९, हेमान्सु बिक बर्ष ७,अन्जली बिक बर्ष १२ रहेका छन । सत्यवती गाउपालीका वडा नम्बर ३ लुमपेक कसिन्थलाका तिल कुमारी तरामु, उनका छोरा दर्शन तरामु, वडा नम्बर ३ लुमपेक सिङ्दीका माया बिक उनका छोरा बबी बिक रहेका छन । वडा नम्बर ३ लुमपेक कसिन्थलाका धनी तरामु र करिस्मा तरामु गम्भिर घाईते भएका छन ।
उनिहरुको उद्दार गरि उपचार गरिदै छ । कसिन्थला र सिङ्दीका करिब १८० परिवार बिस्थापित भएका छन । स्थानिय सिद्ध आधारभुत बिध्यालयको ३ कोठे भवन, दर्जन बढि गोठ पनि पहिरोले पुरेको छ । दर्जनौ पशु चौपाय पुरिएका छन बगाएको छ ।
यसैबिच गुल्मीको सत्यवती गाउपालीकामा भएको भिषण पहिरोबाट भएको भौतिक तथा मानविय क्षति प्रति गुल्मी क्षेत्र नम्बर १ का सांसद तथा नेपाल सरकारका परराष्ट्रमन्त्री प्रदिप कुमार ज्ञवालीले गहिरो दुख ब्यक्त गर्नुभएको छ । उहाले घाइतेहरुको लागि उद्धार र राहतमा कुनै कसर बाकी नराख्न निर्देशन दिनुभएको छ ।
उहाले मृतकप्रति श्रद्धान्जली प्रकट गर्दै ,घाइतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना तथा शोक स्तब्ध परिवारजन प्रति धेर्यधारण गर्ने शक्ति प्रदान होस भन्दै गहिरो समबेदना प्रकट गर्नुभएको छ ।
उहाले नेपाल सरकारको तर्फबाट उद्धार , राहत र पुनस्थापनामा मा कुनै कसर बाकी नराख्ने प्रतिबद्धता जनाउनुभएको छ ।