काठमाडौ ,
साउन ७ –
प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले सरकारविरुद्ध योजनावद्ध प्रतिरोधमा उत्रिने चेतावनी दिएको छ। आफ्ना उपत्यका इन्चार्ज माइला लामालाई प्रहरीले सुतकै ठाउँबाट गिरफ्तार गरेको भन्दै नेकपा महासचिव विप्लवले आक्रोश व्यक्त गरेका छन्।
महासचिव विप्लवले सोमबार विज्ञप्ति निकालेर सरकारले सांगठनिक कामका क्रममा भक्तपुरको एक घरमा सुतिरहेको अवस्थामा संकटकाललाई बिर्साउने गरी लामालाई गिरफ्तार गरेकोमा भर्त्सना गरेका छन्। उनले अब सरकारविरुद्ध नयाँ प्रतिरोधमा उत्रिन ढिला भइसकेको जिकिर गरेका छन्।
यता
गृहमन्त्री रामबहादुर थापा बादलले भने नेत्रविक्रम चन्द विप्लव समूहलाई नियन्त्रण गरेर देशमा शान्ति कायम गर्ने बताएका छन्। आर्थिक वर्ष २०७५र०७६ मा गृहमन्त्रालयमा प्रगति विवरण सार्वजनिक गर्न सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री थापाले सरकार अहिलेसम्म विप्वलाई नियन्त्रण गरेरै तह लगाउने रणनीतिमा लागेको बताए ।
गृहमन्त्री थापाले देशको स्थायित्व र संकघीय गणतन्त्रको रक्षा गर्ने काममा विप्लवबाट चुनौती मिलेको पनि दाबी गरे गृहमन्त्री थापाले अहिलेसम्म ५-६ सय भन्दा बढी विप्लवका कार्यकर्तालाई नियन्त्रणमा लिइसकेको जानकारी दिए।