सत्यवती गाँउपालिका वडा नम्बर ३ को, साबिकको वडा नम्बर ६ सिङ्दी गाँउ पुरै खाली भएको छ ।
सोमबारको अबिरल बर्षा पछि गएको पहिरोमा परि स्थानिय माया बिक, उनका छोरा बबी बिकको मृत्यु भयो,
माया बिकका श्रीमान रोजगारीको लागि भारतमा हुनुहुन्छ ।
कुर भनिने स्थानका सुन्दर राहदी,खगी सिंजाली,दुर्गा सिंजालीको ३ घर पहिरोमा पुरियो, सिद्ध आधारभु बिध्यालयको
३ कोठे भवन पहिरोले पुर्यो । यस्तै गाँउका धेरैको घरमा क्षति पुगेको वडा सदस्य अर्जुन तरामुले बताउनु भयो ।
साबिकको वडा नम्बर ६ सिङ्दी गाँउ पुरै पहिरोको जोखिममा छ । ८७ घरधुरि रहेको उक्त गाँउका तल्लो बस्तिका
५५ घरधुरी कोहि लुमपेक बजारमा कोहि अस्लेवा बिस्थापित भएका छन । उनिहरु संग एकसरो कपडा बाहेक
साथमा केहि नरहेको बताईएको छ ।
बाल बालिका, माहला बृद्ध जेष्ठ नागरिकको बिचल्लि भएको छ । पहाडको लेक देखि फेदि खोला सम्म करिब ३
किलो मिटरको पहिरो रहेको छ । गाँउको माथि र तल दुबै तिर बाट पहिरो खसिरहेको स्थानियले बताएका छन ।
पुनः घर फर्कने अवस्था तत्काल नभएको बताईएको छ । सोमबारको अबिरल बर्षा पछि सत्यवती गाँउपालिका वडा नम्बर
३ र ४ का बस्तिमा गएको पहिरोमा परि १२ जनाको मृत्यु भयो २ जना घाईते भएका छन ।
सोमबारका गएको पहिरो पुर्ण बिवरण अझै आउन सकेको छैन , मृतकको संख्या बढ्न सक्ने गाँउपालिका अध्यक्ष
पारेश्वर ढकालले बताउनु भयो । सबै घटना स्थलमा सुरक्षा कर्मी, जनप्रतिनिधी पुगेका छन तर बर्षा र भिषण पहिरोका कारण
उद्दारमा कठिनाई भएको छ ।
पहिरो गई सकेपछि पनि पानी परेकोले जोखिम अझै बढेको छ । राहत लिएर गएको बिभिन्न संघ संस्थाको टोली बाटोमै छ ।
बाटो पनि पहिरोले पुरेको र बगाएका कारण उद्दार र राहतमा ढिलाई भएको हो ।