गुल्मी
साउन ७ –
गुल्मीको सत्यवती गाउपालीकाको पहिरो प्रभावित क्षेत्रमा काठमाडौंबाट परराष्ट्रमन्त्री प्रदिपकुमार ज्ञवाली हेलिकप्टर मार्फत राहत सहित प्रभावित क्षेत्रमा पुगेका छन् । मन्त्री ज्ञवाली, गृह मन्त्रालयका सह–सचिव इन्दु घिमिरे, डक्टर रेशम ज्ञवाली, मन्त्रीका प्रेस सल्लाहाकार सुदन ज्ञवाली सहितको टोलि लिएर प्रभावित क्षेत्रमा पुगेका हुन् ।
मन्त्रीहरुले प्रभावित क्षेत्रमा पुगेर स्थलगत अबलोकन गर्नुका साथै प्रभावित परिवारलाई राहत सामाग्री बितरण गरेको परराष्ट्रमन्त्रीका प्रेस सल्लाहकार सुदन ज्ञवालीले बताए ।
टोली राहत सामाग्री बितरण गरेर काठमाडौ फर्किएको छ । त्यस्तै प्रदेश नम्बर ५ का सामाजिक बिकास मन्त्री सुर्दशन बराल औषधी, टेन्ट र र भाडाकुडा सहित प्रभावित क्षेत्र तर्फ लागेका छन् ।
मन्त्रीहरु ज्ञवाली र बरालले जिल्लाको सत्यवति गाउँपालिकाको ठूलो लुम्पेक र लिम्घामा पहिरोमा पुरिएर मृत्यु हुनेहरुप्रति दुख व्यक्त गर्दै राहत र उद्धारमा जुटन आग्रह गरे ।
यसैबिच गुल्मीमा पहिरोमा पुरिएर मृत्यु हुनेप्रति गुल्मी क्षेत्र नं २ सांसद एबं श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण बिष्टले शोक बक्तब्य जारी गरि दुख ब्यक्त गरेका छन् ।
जिल्लाको सत्यवति गाउँपालिकाको ठूलो लुम्पेक र लिम्घामा पहिरोमा पुरिएर मृत्यु हुनेहरुप्रति दुख व्यक्त गर्दै राहत र उद्धारमा जुटन आग्रह गरेका छन् ।
यस्तै गुल्मीको सत्यवति गाउँपालिकाको लिम्घा र ठूलो लुम्पेकमा पहिरोमा परी भएको मानवीय क्षतिप्रति नेपाली कांग्रेसले दुःख व्यक्त गरेको छ ।
कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाणले विज्ञप्ति प्रकाशित गरी मानवीय क्षतिप्रति दुःख व्यक्त गर्दै बेपत्ताको खोजी गरी उद्धार गर्न र विस्थापित तथा जोखिममा रहेका घरपरिवारलाई पुनस्र्थापना गर्न सरकारसँग माग गरेका हुन् ।
साथै कांग्रेसले घाइते भएकाहरुलाई उपचार एवं राहत तथा मृतक परिवारलाई उचित क्षतिपूर्तिको व्यवस्था गर्न सरकारसँग माग गरेको छ ।
अबिरल बर्षाका कारण भिषण पहिरोमा पुरिएर गुल्मीमा १२ जनाको मृत्यु भएको छ ।
सोमबार साझ देखि परेको अबिरल बर्षाका कारण सत्यवती गाउपालीकामा भिषण पहिरोमा पुरिएर १२ जनाको मृत्यु भएको हो । घर पुरिदा २ जना घाईते भएका छन ।
गएरातिदेखि परेको वर्षातका कारण ठूलो लुम्पेकको करिब २ सय घर जोखिममा रहेको गाउँपालिका अध्यक्ष पारिश्वर ढकालले बताए । सिङ्गो गाउँ नै पहिरोको प्रभावित रहेकाले संख्याको आकंलन गर्न सकिने अबस्था नरहेको अध्यक्ष ढकालले बताए ।