गुल्मी
साउन ७ ,
रामकृष्ण कंडेल –
गुल्मीको गुल्मिदरबार गाउँपालिका वडा नम्बर ७ स्थित दरबार देबिस्थान स्वास्थ्य चौकी अन्तरगत का दुई वटा स्वास्थ्य आमा समुहको बैठक आज सम्पन्न भएको छ।
छुट्टाछुट्टै संचालन भएको रेसुङ्गा स्वास्थ्य आमा समूह र शिवालय स्वास्थ्य आमा समुहको बैठकमा स्वास्थ्य आमा समुहका अध्यक्ष मुना पन्थी र पबिकला थापाको अध्यक्षतामा सम्पन्न भएको थियो ।
श्रावण महिनाको १६ देखि २२ अर्थात अगस्तको पहिलो हप्ता विश्व स्तनपान सप्ताह मनाउने कार्यक्रम भएको हुँदा आजको उक्त बैठकमा पनि
पुर्ण स्तनपान , स्तनपानका सहि सम्पर्कका संकेतहरु,स्तनपानका सहि आसनहरु, ध्यानदिनु पर्ने कुराहरु , स्तनपान विधि द्वारा गर्भ निरोध गर्नको लागि अपनाउन पर्ने तीन आधारभुत अवस्थाहरु लगाएतको बिषयमा छलफल भएको थियो।
छलफल पछि श्रावण महिना भर स्वास्थ्य आमा समुहका सम्पूर्ण सदस्यहरुले आआफ्नो टोल छिमेकमा पुर्ण स्तनपानको बारेमा सचेतना जगाउने काममा लाग्ने प्रतिबद्धता समेत व्यक्त गरिएको थियो।
स्वास्थ्य आमा समुहको बैठकको सहजीकरणमा दरबार देबिस्थान स्वास्थ्य चौकी निमित्त प्रमुख जुनाकला बस्नेत , अहेव रामकृष्ण कडेल ,
सुआहारा फिल्ड सुपरभाइजर कमला बिश्वकर्माले गर्नुभएको थियो ।कार्यक्रमको संचालन महिला स्वास्थ्य स्वयंसेविका उमा पन्थी र जुना रायमाझीले गर्नुभएको थियो ।
उक्त बैठकमा हजार दिनका आमाहरू ,स्वास्थ्य आमा समुहका सदस्यहरू ,लगाएतको सहभागिता रहेको थियो ।