अनिल खत्री
७ साउन, गुल्मी –
गुल्मीको सत्यवति गाउँपालिकाको बिभिन्न स्थानमा पहिरो प्रभावित क्षेत्रमा परराष्ट्रमन्त्री प्रदिपकुमार ज्ञवाली हेलिकप्टर मार्फत राहत सहित प्रभावित क्षेत्रमा पुगेका हुन् । मंगलबार राति करिब ३ बजेको समयमा अबिरल वर्षातसँगै पहिरो खसेको थियो । मन्त्री ज्ञवाली, गृह मन्त्रालयका सह–सचिव इन्दु घिमिरे, डक्टर रेशम ज्ञवाली, मन्त्रीका प्रेस सल्लाहाकार सुदन ज्ञवाली सहितको टोलि लिएर प्रभावित क्षेत्रमा पुगेर फर्किएका छन् ।
उनले प्रभावित क्षेत्रमा पुगेर स्थलगत अबलोकन गर्नुकासाथै राहत सामाग्री हस्तातरण गरेका छन् । तत्कालको लागि केहि राहतका सामाग्री बितरण गर्न भन्दै सत्यवति गाउँपालिका उपप्रमुखलाई हस्तातरण गरेको मन्त्रीका प्रेससल्लाहाकार सुदन ज्ञवालीले बताउनु भयो । राहत बितरणमा व्यवस्थित तरिकाले अत्यन्तै मर्का परेकालाई तत्कालै बितरण गर्न मन्त्री ज्ञवालीले आग्रह गरेका छन् । प्रभावित क्षेत्रमा मन्त्रीज्ञवालीले राहत बितरणमा नेपाल सरकारसँगै रहेको बताउनु भयो । तत्काल उद्धार राहतको लागि खटिनेहरुलाई मन्त्री ज्ञवालीले धन्यवाद दिनुभयो ।
प्रभावित क्षेत्रमा औषधी उपचारको लागि प्रबन्ध र घाइतेहरुको थप उपचारको लागि व्यवस्था मिलाउने ज्ञवालीको भनाई छ । घर बाँस गुमाएकाहरु र जोखिमपूर्ण बस्तीमा बिस्थापितहरुलाई पुनरवासको लागि ठाउँ हेरेर सुरक्षित आवाह निर्माण गर्न सरकारले भूमिका खेल्ने ज्ञवालीले बताउनु भयो । बिस्थापितहरुको नामावली संकल गरेर सुरक्षित बसोवास गर्ने व्यवस्था मिलाउने ज्ञवाली बताए । बिस्थापितहरुलाई खानपिनको व्यवस्था मिलाउन स्थानियलाई आग्रह गर्नुभयो । प्रकृति विपति मान्छेले चाहेर रोक्न नसकिने र बिपदले पाठ पनि सिकिएको ज्ञवालीले बताउनु भयो ।
हाम्रा बस्तीहरु असुरक्षित, अव्यवस्थित बस्तीहरु रहेकाले सरकारले पनि नागरिकलाई सुरक्षित स्थानमा बस्ने व्यवस्था मिलाउने सरकारको पनि निति रहेकाले जोखिम बस्तीहरुलाई सुरक्षित ठाउँमा आवास निर्माण गरिने बताए । अहिले यो दुखद क्षेडमा दुख बिसाउन र सरकार जनप्रतिनिधी साथमा छौं भन्दै आएको ज्ञवालीको भनाई छ । त्यस्तै प्रदेश नम्बर ५ का सामाजिक बिकास मन्त्री सुर्दशन बराल औषधी, टेन्ट र भाडाकुडा सहितको लिएर प्रभावित क्षेत्र तर्फ लागेका छन् । मन्त्रीहरुले प्रभावित क्षेत्रमा पुगेर उनले स्थलगत अबलोकन गर्नुकासाथै प्रभावित परिवारलाई राहत सामाग्री बितरण गर्ने कार्यक्रम रहेको छ ।
गुल्मी क्षेत्र नम्बर १ मा पर्ने उक्त स्थान ज्ञवाली र बरालको निर्वाचन क्षेत्र हो । पहिरोमा पुरिएर १२ जनाको मृत्यु भएको छ भने २ जना बेपत्ता भएका छन् । जिल्लाको सत्यवति गाउँपालिकाको २ वटा वडाको ३ घरमा पहिरोले घर पुरिदा १२ जनाको मृत्यु भएको छ । पहिरोमा पुरिएर मृत्यु हुनेप्रति गुल्मी क्षेत्र नं २ सांसद एबं श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण बिष्टले शोक बक्तब्य जारी दुख ब्यक्त गरेका छन् ।
प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेलले गुल्मीको सत्यवती गाउँपालिकाको ठूलोलुम्पेक र लिम्घामा अविरल वर्षासगैं गएको पहिरोमा परी मृत्यु भएकाहरु प्रति दुख व्यक्त गरेका छन् । पहिरो प्रभावित क्षेत्रमा जिल्लाबाट रेडक्रम, जिल्ला समन्वय समिति, नेकपाका अरु राजनितिक पार्टीका नेता तथा कार्यकर्ता र स्थानियहरु प्रभावित क्षेत्रमा उद्धारको लागि खटिएका छन् ।