बागलुङ
साउन ८ –
बडीगाड गाउपालिकाको सीमानमा रहेको तुरतुरेको जमीन चर्किएकोले स्थानिय त्रसित भएका छन ।
अबिरल बर्षा भई रहेकोले बडीगाड गाउपालिका र ढोरपाटन नगरपालिकाको सीमानमा रहेको तुरतुरेको सिरानमा जमीन चर्किएको स्थानीयले जानकारी दिए ।
बडीगाड गाउपालिका र ढोरपाटन नगरपालिकाको सीमानमा रहेको तुरतुरेको सिरानमा जमीन चर्किएकोले,मध्यपहाडी लोकमार्गको तुरतुरे खण्डमा रातिको समयमा बुर्तिवाङ तर्फ जाने र त्यताबाट दक्षिण पूर्व तिर छुट्ने सवारी साधनहरु चलेका छैनन् ।
स्थानीयका अनुसार मुसलधारे वर्षा भैरहेको र गत वर्ष गएको तुरतुरेको पहिरो माथी जमीन चर्किएकोले सवारीहरु बडीगाड गाउपालिकाको भीङगिठे बजारमा रोकिएका हुन् ।
बुर्तिवाङबाट छुटेने कुनै पनि सवारी साधनहरु विहान साढे ९ बजे सम्म भिङगिठे नआएको स्थानीयले बताए । बुर्तिवाङ तर्फ जाने सवारी साधनहरु रात्रिकालीन पनि नआएको र बुर्तिवाङ जाने सवारी साधनहरु हिँजो साँझ देखि भिङगिठेमै रोकिएको स्थानीयले जानकारी दिए ।