गुल्मी ,
साउन–८ –
गुल्मीका एक युवाले आफनो जन्म दिनको पार्टीमा गरिने फजुल खर्च अपाङ्गहरुको उपकारमा खर्चेका छन ।
पत्रकार महासंघ ग्ुल्मीका सह–सचिव घनश्याम खरेलले सदरमुकाम तम्घासमा रहेको आशा अपाङ्ग केन्द्रमा रहेका अपाङ्गहरुलाई आफ्नो जन्म दिनको अवसरमा यस्तो कार्यको सुरुवात गरेका ह्ुन ।

‘ अहिले ‘वर्थडे पार्टी’ पार्टी फेशन जस्तै बनेको छ , तर हामीले उक्त पार्टीमा विलासी खानपिन गरिरहँदा भोका पेटहरु एक गास खानका लागि तड्पीएका ह्ुन्छन, त्यसको के सार्थकता लाग्यो र अब देखि आफ्नो जन्म दिनको अवसरमा कु्नै नै क्ुनै पीडितलाई सहयोग गर्ने उद्देश्यका साथ सुु्रु गरेको हु्ँ ’ –खरेलले भने ।

उनले त्यस केन्द्रमा आक्षित अपाङ्गहरुका लागि कोरियन ब्लाङकेट , च्यादर र सिरानी लगायतका सामग्री सहयोग गरेका हुन । उनको यस्तो कदम प्रति नेपाल पत्रकार माहासंघ गुल्मीका अध्यक्ष नवराज भुसाल र आशा अपांग केन्द्रकी प्रमुख गंगा रायमाझीले धन्यवाद दिएकी थिईन ।