सुरेश थापा ,गुल्मी
साउन ९ –
गुल्मीको सत्यवती गाउपालीका को वडा नम्बर ३ र ४ मा भएको मानविय तथा भौतिक क्षती मा दुख ब्यक्त गर्दै सत्यवती गाउँपालिकाको खैरेनी बजारमा राहात संकलन कार्यक्रम चलिरहेको छ ।
चेम्बर अफ कमर्स गुल्मी, खैरेनी युवा क्लव र खैरेनी बजार व्यवस्थापन समिति को संयुक्त आयोजनामा बिहिबार बिहान १० बजे देखि दिउसो साढे एक बजेसम्म ९१ हजार ९ सय ७० रुपैया साथै १ ट्याक्टर खाद्यन्न र लत्ता कपडा सकंलन भएका छ । राहत संकलन गर्ने कार्यक्रम जारी रकम रहेको छ ।
गुल्मीको सत्यवति गाउँपालिकाका दुई स्थानमा पहिरोमा परेर ज्यान गुमाउनेको संख्या १३ पुगेको छ । मंगलवार राती अबिर वर्षासँगै पहिरोमा परेर सत्यवति गाउँपालिका ४ को लिम्घामा बेपत्ता भएका डेढ बर्षीय बालक सञ्जु विक र ७ वर्षिय तारा बिक, वडा नं ३ को ठुलोलुम्पेकमा पहिरोमा बेपत्ता माया बिक र बवि विकको शव फेला परेको छ।
यो सँगै २ स्थानमा ३ वटा घरमा पहिरोले क्षती पुराएर १३ जनाको मृत्यु भएको हो । बेपत्ता मध्ये ३ जनाको बुधवार साँझ र १ जनाको बिहिवार बिहान सव फेला परेको प्रहरीले जनाएको छ ।
लिम्घामा मंगलबार निर्मला विक, पम्फा विक, अञ्जली विक, हिमान्सु विक, छलि विक र सिवानी विक तथा ठुलोलुम्पेकमा तिल कुमारी र छोरा दर्शन तरामु मगर तथा दुर्गा बहादुर सिंजालीको शव फेला परेको थियो ।
पहिरोमा घाइते भएका ठुलोलुम्पेकका करिष्मा र धनी त्ररामुलाई दुई दिन पछि परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली सहितको टोलीले हेलिकप्टर मार्फत उपचारको लागि काठमाण्डांै लगिएको छ । घाइते २ जनाको टाउकोमा चोट भएकाले थप उपचारको लागि काठमाडौं पठाउनु परेको उपचारमा खटिएकी डक्टर शिला ढकालले बताइन् ।
पहिरोले ठुलो मानवीय तथा भौतिक क्षति पु¥याएपछि दुई स्थानका करिव ६ सय घरपरिवार सुरक्षित स्थानमा सारिएको छ । सत्यवति गाउँपालिका वडा नं ३ ठुलोलुम्पेकको सिङ्गदी गाउँनै पहिरोको उच्च जोखिममा रहेको छ ।
लुम्पेककै अन्य वस्ति पनि पहिरोको खतरामा रहेकाले करिव ४ सय जनालाई घरडाँडा, अस्लेवा रामबारी, धर्मपुर मावि, ढुङ्गाचाल्ने, भानु प्रावी र धर्मपुर प्राविमा व्यावस्थापन गरेको उद्धारमा खटिएका सशस्त्र प्रहरी नायव उपरिक्षक दिनेश रायमाझीले बताए । त्यस्तै वडा नं ४ लिम्घामा पनि दुई सय घर परिवारलाई सरस्वति माविमा व्यावस्थापन गरिएको छ ।