भारतका प्रधानमन्त्री नरेन्द्र मोदी आगामी भदौं अन्तिम साता चारदिने नेपाल भ्रमणमा आउनु हुने भएको छ ।
भ्रमणको पूर्व तयारीका लागि भारतका सुरक्षाकर्मी र विदेश मन्त्रालयका कर्मचारी दुई महिनाअगावै त्यसको तयारीमा जुटेका छन् ।
उच्च सुरक्षा स्रोतका अनुसार भदौं ३१ देखि असोज ३ गते सेप्टेम्बर १७ देखि २० तारिख हुने मोदीको भ्रमणको तयारीका लागि
साउनको पहिलो सातासम्म भारतीय सुरक्षाकर्मीको एक टोली नेपाल आएर फर्किएको बताइएको छ ।
उच्चस्तरीय भ्रमणका लागि आवश्यक सुरक्षा सुनिश्चिताको चासो राख्दै भारतीय सुरक्षाकर्मीले एक चरण नेपाली अधिकारीसँग भेट गरेका छन् ।
यसै बिच भारतीय खुफिया एजेन्सी रअ प्रमुख सामन्तकुमारले केही दिन पहिले नेपाल भ्रमणका क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीलाई
भेटेको हो कि होइन भन्नेबारे आफूलाई थाहा नभएको सरकारका प्रवक्ता संचार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले बताएका छन्।
मन्त्रिपरिषदले गरेका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा बिहीबार मन्त्री बाँस्कोटाले प्रधानमन्त्री र रअ प्रमुख सामन्तकुमारबीच
भेट भए नभएकोबारे अनविज्ञता प्रकट गरेका हुन्। नेपालमा आएर शीर्ष नेताहरूलाई भेटेका सामन्तकुमारले प्रधानमन्त्रीलाई भेटेका हुन् कि होइनन्रु
भन्ने प्रश्नमा बाँस्कोटाले भने, हामीलाई थाहा छैन, त्यसैले प्रधानमन्त्रीज्यूले भेट्नुभएको छैन।
र्यूमर क्रिएट हल्ला फैलाउने काम नगरौँ। क कसले भेट्नुभयो हामीलाई थाहा छैन, भेट्नै हुँदैनथ्यो हामीलाई त्यस्तो पनि लाग्दैन।
तर म दावाका साथ भन्छु सम्माननीय प्रधानमन्त्रीज्यूले भेटघाट भएजस्तो, भेटे जस्तो, भेटेकै जस्तो लाग्दैन। संचारमाध्यममा प्रधानमन्त्री र
सामन्तकुमारबीच भेट भएको भनेर आएका समाचारलाई जोडेर बाँस्कोटाले भने, मैले पनि एउटा चित्र हेरेको थिएँ।
उनको सामन्तकुमारको कहाँको प्रधानमन्त्रीजीको कहाँको फोटो जोडेर भेटघाट भयो नि, ढाँटियो नि भन्नेजस्तो कुरो आएको थियो।
बाँस्कोटाको आग्रह थियो, यो साह्रै धेरै कुहिरिमण्डलको खेतीमा नरुमल्लिऊँ मेन स्ट्रिम मिडिया मूलधारका संचार माध्यम।
उनले केही पनि समाचार नभएजस्तो यसका बारेमा लेखेर केही नहुने बताए। कसले भेटेर कसलाई भेट्न बानी लागेको छ भन्नेमा
सरकारलाई थाहा नभएको उनको भनाइ थियो। रअ को प्रमुखलाई भेटेर कोही पनि रअ को पक्षधर हुन्न होला नि होइन ररुु उनको प्रश्न थियो।
उनले पशुपति पनि नेपालमा रहेको र प्राकृतिक रूपले सुन्दर भएकाले पनि विदेशी नेपाल आउने गरेको तर्क गरेका थिए।