अनिल खत्री
१० साउन, गुल्मी –
गुल्मीको मालपोत कार्यलयमा ग्लोबल आईएमई बैंकले एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ ।
मालपोत कार्यालयमा उठने राजस्व संकलन गर्ने उदेश्यले एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको ग्लोबल आईएमई बैंक तम्घास शाखा प्रमुख योगेन्द्र रायमाझीले बताउनुभयो ।
एक्सटेन्सन काउन्टरको एक कार्यक्रमका साथ बिहिवारबाट सञ्चालनमा ल्याएको हो । बैंकको एक्सटेन्सन काउन्टर स्थापनासँगै कार्यालबाट जम्मा गर्ने राजश्व सबै बैंकले गर्ने रायमाझीले बताउनुभयो ।
बैंकको यससंगै एक्सटेन्सन काउन्टरको संख्या १४ पुगेको छ । ग्लोबल आईएमई बैंकले सबै क्षेत्र र वर्ग संग बैकिङ्ग सेवा पुरयाउने उद्वेश्यले विभिन्न स्थानमा शाखा एक्सटेन्सन काउन्टर तथा शाखा रहीत बैंकिङ्ग सेवा मार्फत आफ्ना ग्राहकहरु माझसेवा पुरयाउदै आएको छ । बैंकले १ सय ३८ वटा शाखा, १५ वटा राजश्व संकलन काउन्टर सञ्चालनमा ल्याएको छ । बैंकका १ सय ४२ वटा एटिएम, १० वटा एक्सटेन्सन काउन्टर तथा १ सय ७० वटा शाखारहीत बैंक रहेका छन् ।
नेपाल बाहिर ३ प्रतिनिधि कार्यालय मार्फत आफ्ना १० लाख भन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आईरहेको छ । बैंकले अत्याधुनिक प्रविधियुक्त भाइवर बैंकिङ्ग सेवा, मोबाईल बैंकिङ्ग सेवा, ईन्टरनेट बैकिङ्ग,सेवाको साथमा १५ लाख सम्मको बिना धितो प्रोफेशनल कर्जा, प्रदान गर्दै आईरहेको छ । ग्लोबल आईएमई बैंकले गत आर्थिक बर्ष २०७५÷०७६ मा रु २ अर्ब ८० करोड रुपैया नाफा गरेको छ । यो नाफा अघिल्लो बर्षको तुलनामा करिब ३३ प्रतिशतले बढी हो ।
असार मसान्तसम्ममा बैंकले १ खर्ब २४ अरब रुपैया निक्षप संकलन गरेको छ । त्यस्तै, कर्जा लगानी १ खर्ब १४ अरब पुर्याएको छ । बैंकको शेयर पुजी १० अरब ३१ करोड छ ।