साउन १०
लुम्बिनी मेडिकल कलेज पाल्पामा उपचारको क्रममा एक महिलाको मृत्यु भएको छ ।
रैनादेवी छहरा गाउँपालिका ३ भुवनपोखरीकी ३७ वर्षीय सीता पोखरेल पौडेल को उपचारको क्रममा मृत्यु भएको हो ।
गत साउन १ गतेदेखी अस्पतालमा भर्ना भएकी पोखरेलले आज शुक्रबार दिउँसो मृत्यु भएको हो ।
सीता पोखरेल मलेरियाको उपचारको लागि लुम्बिनी मेडिकल कलेज प्रभासमा आएको आफन्तजनले बताएका छन् ।
तर पछिल्लो समय उनलाई अन्य समस्याहरु देखिँदै गयो । मेडिकल कलेजमा राम्रो उपचार पाउन नसकेको गुनासो उनीहरुले गरेका छन् ।
मृतक एकल महिला हुन् । उनको जुनरुपमा उपचार हुनुपर्ने हो त्यही अनुसार हुन सकेन । त्यसैले मेडिकल कलेज प्रशासनसँग बसेर
उनको ७ वर्षीय छोराको उच्च शिक्षासम्म पढाईदिने र उपचार खर्च मेडिकल कलेजबाटै बेहोर्ने सहमति भएको स्थानीयले बताए ।
लुम्बिनी मेडिकल कलेज, प्रभासका प्रवक्ता कृष्ण पराजुलीले उपचारकै क्रममा सीता पोखरेलको मृत्यु भएको बताए । उनी भन्छन्,
‘उहाँ लामो समयसम्म अरु अस्पतालमा उपचार गर्नु भा रैछ । १ गते लुम्बिनीमा आउनुभयो ।
आफन्तजनले पानी खुवाउनु भएको रहेछ । पानी फोक्सो तिर गएर समस्या भयो । उपचार प्रक्रियाकै क्रममा मृत्यु भएको हो ।’
टाउको दुख्ने, ज्वरो आउने समस्या लिएर आएकी सीता हिजो साँझ आइसियुमा जानुभयो । आज मृत्यु भयो, पराजुलीले भने,
उहालाई मेडिकल भाषामा ‘सेक्सिस’ भयो । आफन्तजनसँगको सहमतिका बिषयमा छलफलमात्र भएको र कुनै सहमती नभएको पराजुलीले बताए ।
हामीसँग बसेर कुराकानी भयो । हामीसँग कुनै पनि सहमती भएको छैन । पछि कुरा गरौला भनेर हिँडेको हो ।
छिटो छरितो सेवा भएन भन्ने कुरा हो । बाबु पनि नभएको बच्चा सानो छ । बच्चालाई शैक्षिक सहयोग गर्ने भन्ने कुरा हो, पराजुलीले भने ।
अहिले आफन्तजनले मृतकको शव बुझेर घर लैजान लागेको लुम्बिनी मेडिकल कलेजले जनाएको छ ।