काठमाडौ
साउन ११
सरकारले गरिबीको सुचकाङ्कमा रहेका जिल्लालाई लक्षित गर्दै बाल पोषण अनुदान कार्यक्रम देशैभरी सञ्चालन गर्ने तयारी गरेको छ ।
अबका दिनमा प्रदेश २ र प्रदेश ५ का जिल्लाहरुमा सञ्चालन गर्ने सरकारको तयारी रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
विपन्न, दलित समुदायका बालबालिकाहरुलाई लक्षित गर्दै यो कार्यक्रम सञ्चालन भैरहेको छ ।
अहिले जुम्ला, हुम्ला, मुगु, कालिकोट, डोल्पा, अछाम, बझाङ्, बाजुरा तथा रौतहटमा यो कार्यक्रम चलिरहेको छ ।
आफ्नो वडामा गएर बच्चाको जन्मदर्ता र खोप कार्ड देखाएपछि यो सुबिधा पाइन्छ ।
कार्यक्रम अन्तरगत बालबालिकालाई प्रतिव्यक्ति मासिक चारसय रुपैयाँ वितरण गर्ने गरिएको छ ।
बालबालिकालाइ अण्डा, फलफूल तथा सागसब्जी खुवाउन सजिलो होस् भनेर सरकारले यो कार्यक्रम ल्याएको हो ।
बालबालिकामा हुने कुपोषणको दर घटाउन यो कार्यक्रम ल्याएको सरकारको भनाई छ ।