राधा पोख्रेल
गुल्मी ,
साउन ११ –
बालयोगेश्वर फाउन्डेशन काठमाडौको टोलीले गुल्मीको सत्यवती गाउपालीकाका पहिरो प्रभावितहरुको लागि पाल्पामा राहत संकलन गरिरहेको छ ।

बालयोगेश्वर महाराजको नेतृत्वमा फाउन्डेशनले आज बिहानबाट राहत संकलन गर्न सुरु गरेको हो ।

रिडिमा महायज्ञको लागि आएको फाउन्डेशनको टोलीले सत्यवतिको बिपत्तीप्रति दुख व्यक्त गर्दै घरदैलो कार्यक्रम चलाएर राहत संकलन गरिरहेको छ ।

संकलन भएको रकमबाट फाउन्डेशनले खाद्यान्न र लत्ताकपडा किनेर पिडितहरुलाई भोली आइतबार हस्तान्तरण गर्ने कार्यक्रम रहेको बिपिन थापाले जानकारी दिनुभयो ।
यसैबिच गुल्मीको सत्यवती गाउँपालिकाको खैरेनी बजारमा राहात संकलन कार्यक्रम चलिरहेको छ ।
चेम्बर अफ कमर्स गुल्मी, खैरेनी युवा क्लव र खैरेनी बजार व्यवस्थापन समिति को संयुक्त आयोजनामा बिहिबार देखि राहत संकलन कार्यक्रम सुरु गरिएको हो ।

आज शनिबार सम्म १ लाख ७८ हजार नौ सय एकानब्बे रुपैया सकंलन भएको छ । सोहि रकम मध्ये लिम्घामा खाद्यान्न र नगद ५० हजार रुपैया आज हस्तान्तरण गरिएको छ ।
उक्त टोलीले ठुलोलुम्पेकमा पनि आज राहत रकम हस्तान्तरण गरेको प्रतिनिधि सुरेश थापाले जानकारी दिनुभयो ।
यसैबिच निर्धन उत्थान लघुवित्त बित्तिय संस्था लिमिटेडले लिम्घामा आफ्ना गा्रहक सदस्यहरुलाई १६ हजार रुपैया प्रदान गरेको छ ।
कर्मचारीको तर्फबाट सात हजार ,मृतक २ जना निर्मला बिक र पम्फा बिकको श्रीमानलाई काजकिरियाको लागि पाँच पाँच हजार रुपैया प्रदान गरेको छ ।
यस्तै रिलाएभल नेपाल लाइफ इन्सोरेन्स कम्पनिले दुर्घटना बिमा बाट निर्मला बिकको परिवारलाई १ लाख २५ हजार र पम्फा बिकको परिवारलाई ३० हजार रुपैया उपलब्ध गराउने जनाएको छ ।
सत्यवती गाउपालीका को वडा नम्बर ३ र ४ मा भएको भिषण पहिरोबाट पिडित बनेका परिबारको लागि बिभिन्न स्थानमा राहत संकलन गर्ने कार्यक्रम चलिरहेको छ ।
सत्यवती गाउपालीकामा पहिरोमा पुरिएर १३ जनाले ज्यान गुमाएका छन भने गाउ नै बिस्थापित छ ।