काठमाडौ
साउन ११
मनसुनी न्यून चापीय रेखा नेपालको तराई भू–भागबाट दक्षिणतिर सरेकाले अबका केही दिन नेपालमा मनसुनी गतिविधि कम सक्रिय रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
मनसुनी न्यून चापीय रेखा कहिले तल कहिले माथि भइरहने भएकाले अहिले सो रेखा नेपालबाट दक्षिणतिर सरेकाले अबको तीन–चार दिन मनसुन कम सक्रिय हुने महाशाखाले जनाएको हो ।
तत्काल भारी वर्षाको सम्भावना नरहेको मौसमविद् मीनकुमार अर्यालले जानकारी दिनुभयो । राति आंशिकदेखि सामान्य बदली रही देशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
भोलि देशभर आंशिकदेखि सामान्य बदली रही एक दुई स्थानमा वर्षाको सम्भावना रहेको मौसमविद् अर्यालले बताउनुभयो ।
त्यस्तै पर्सि सोमबार देशभर आंशिकदेखि सामान्य बदली रही देशको केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको बताइएको छ ।
यसैगरी महाशाखाले आगामी २४ घण्टाको मौसम पूर्वानुमान जारी गर्दै मनसुनको समयमा लगातर वर्षा भएको पहाडी भू–भागमा सामान्य वर्षामा पनि पहिरो जान सक्ने भएकोले सतर्कता अपाउन आग्रह गरेको छ ।
मौसमविद् मीनकुमार अर्यालका अनुसार तत्काल भारी वर्षाको सम्भावना छैन् । राति सामान्य बदली रही देशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।