काठमाडौ
साउन १२ –
आईसीसी ट्वेन्टी–ट्वेन्टी विश्वकप क्रिकेट एसियाली छनोटको अन्तिम खेलमा नेपाल सिंगापुरसँग पराजित भएको छ।
सिंगापुरसँग लज्जापद हारसँगै नेपालको टी – २० विश्वकप खेल्ने सपना अधुरै भएको छ । सिंगापुरको इन्डियन एशोसियसन मैदानमा आज भएको खेलमा नेपाल सिंगापुरसँग ८३ रनको फराकिलो अन्तरले पराजित भयो। टस जितेर ब्याटिङ गरेको सिंगापुरले निर्धारित ओभरमा ६ विकेट गुमाएर १९१ रन बनायो। सिंगापुरका लागि सर्वाधिक रन टिम डेभिडले ७७ रनको पाली खेले त्यस्तै रोहन रंगराजनले ४९ रन बनाए।
सिंगापुरका विकेटकिपर मनप्रित सिंह ४२ रन बनाए। नेपालका अविनाश बोहराले ४ विकेट लिँदा करण केसीका नाममा एक विकेट रहयो।
यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको सिंगापुरले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १९१ रन बनाएको थियो ।उसले पहिलो विकेट सस्तैमा गुमाएको थियो । तर टिम डेभिडले उत्कृष्ट पारी खेले । दोस्रो विकेटका लागि रोहन रंगराजनसँग ८९ रनको साझेदारी गरेका उनले तेस्रो विकेटका लागि मनप्रित सिंहसँग ६६ रनको अर्को महत्वपूर्ण साझेदारी गरे । डेभिड ७७ रनमा आउट भए । रोहन ४९ र मनप्रितले ४२ रन बनाए ।
नेपालका स्पीनरद्वय बसन्त रेग्मी र सन्दीप लामिछाने निकै महंगो सावित भए । चार ओभर बलिङ गरेका बसन्तले ५४ रन दिए र भने सन्दीपले ३ ओभरमा ३४ रन खाए ।
अभिनाश बोहोराले ४ ओभरमा ३५ रन दिएर ४ विकेट हात पारे भने करण केसीले २६ रन खर्चिएर २ विकेट लिए । सोमपाल कामीले ३ ओभरमा १५ रन खर्चिए ।
नेपाललाई हराएको सिंगापुरले यही अक्टोबर र नोभेम्बरमा युएईमा हुने ग्लोबल छनोटमा सहभागिता जनाउने छ। १४ टोलीले सहभागिता जनाउने उक्त प्रतियोगितामा शीर्ष ६ स्थान हात पार्ने टोली अर्को वर्ष अष्ट्रेलियामा हुने विश्वकप ट्वेन्टी ट्वेन्टी क्रिकेट प्रतियोगिताका लागि छानिनेछन्।