साउन १२
नेपाल कम्युनिष्ट पार्टी नेकपा छत्रकोट गाँउपालिका गुल्मीले सत्यवती गाँउपालिकाको पहिरो पिडितको लागि राहत रकम प्रदान गरेको छ ।
नेकपा छत्रकोट गाँउपालिकाका अध्यक्ष राम प्रसाद पाण्डे साहतको टोलिले शनिबार सत्यवती गाँउपालिकका वडा नम्बर ४ लिम्घाको स्थलगत
अवलोकन गरि संकलित राहत रकम नेपाल कम्युनिष्ट पार्टी नेकपा सत्यवती गाँउपालिकाको अध्यक्ष ठगप्रसाद ज्ञवाली लाई हस्तान्तरण गरेको हो ।
नेकपा छत्रकोट गाँउपालिकाले संकलित नगद रु ६५ हजार १५ रुपैया हस्तान्तरण गरेको हो । राहत रकम हस्तान्तरण गर्दै अध्यक्ष पाण्डयले
यस बिपतको घडीमा सबै एक भई पिडितको हितममा अग्रसर हुनु पर्ने बताउनु भयो ।
राहत रकम हस्तान्तरण जिल्ला स्तरिय नेताहरु होमनाथ कडेल, रामचन्द्र कडेल, यमलाल भण्डारी, थानेश्वर भण्डारी, गाँउपालिका सचिब
पिताम्बर अर्याल, शिक्षक संगठनका भुवन टण्डन, गुणकर ज्ञवाली, युवा नेताहरुको सहभागिता रहेको थियो ।
नेकपा छत्रकोट गाँउपालिका गुल्मीले पार्टी सदस्य सरोज पाण्डेको संयोजकत्वमा गाँउपालिका स्तरिय राहत संकलन समिति बनाई ६ वटै वडा बाट
राहत संकलन गरेको थियो
गुल्मीको सत्यवतीमा पहिरोले गाउँ नै प्रभावित बनेपछि घर बाँस गुमाएकाहरु र जोखिमपूर्ण बस्ती, बिस्थापितहरुलाई पुर्नवासको लागि
ठाउँ हेरेर सुरक्षित आवास निर्माण गर्न क्षती र नामावली संकलन गर्न थािलएको छ ।
पहिरोले ठूलो जनधनको क्षती पुर्याएपछि त्यस स्थानमा राहत र पुनरस्थापनको लागि पहल सुरु हुन लागेको छ । गत मंगलवार राती
गुल्मीको सत्यवति गाउँपालिकाका दुई स्थानमा पहिरोमा ३ सय ७ घर प्रभावित भएका छन् । जिल्लाको सत्यवति गाउँपालिकाको वडा नम्बर
३ र ४ को ठूलो लुम्पेक र लिम्घामा क्षती पुर्याउँदा १२ सय ६० जना प्रभावित भएको प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले बताए ।
प्रभावित मध्ये पूर्ण क्षती तर्फ १७ वटा घर, ६१ वटा गोठ, ३६ वटा शौचालय रहेका छन् । आशिंक क्षतीमा १८ वटा घर, २३ वटा गोठ,
१८ वटा शौचालय रहेको प्रमुख जिल्ला अधिकारी पौडेलले जानकारी दिए ।
पहिरोमा पशु चौपायाँ तर्फ २८ वटा भैसी, १ गाई, ६७ वटा बाख्रा,२१९ वटा कुखुरा र १९ वटा बंगुर मरको प्रराम्भीर तथ्याङ्क संकलन भएको
जिल्ला प्रशासन कार्यालय गुल्मीले जनाएको छ ।
पहिरोले बिस्थापितलाई सोहि स्थानका धर्मपूर माबि, नवबिहानी प्राबि, धर्मपूर प्राबि, राम माबि, मनकामना प्राबि, साजपूर प्राबिमा राखिएको छ ।
====================
नेपाल कम्युनिष्ट पार्टी नेकपा छत्रकोट गाँउपालिका गुल्मील, नेकपाका नव प्रवेसीलाई स्वागत गरेको छ ।
आईतबार एक समारोहका बिच छत्रकोट गाँउपालिकाका युवाहरु केशर कडेल, सन्तोष कडेल, प्रकास कडेल, बिनोद गाहा लाई
नेकपा छत्रकोट गाँउपालिकाका अध्यक्ष राम प्रसाद पाण्डेयले टिका र खदा लगाई नेपाल कम्युनिष्ट पार्टी नेकपा छत्रकोट गाँउपालिका गुल्मीमा
स्वागत गर्नु भएको थियो ।
स्वागत समारोहमा नेताहरु होमनाथ कडेल, रामचन्द्र कडेल, पिताम्बर अर्याल, बबुराम अर्याल, बबुराम पन्थ, दुर्गा सुनार,
मेघराज पन्थ लगायतकाको सहभागिता रहेको थियो ।