साउन १३
प्रदेश ५ मा घरेलु तथा साना उद्योगहरुको सख्या ५६ हजार नाघेको छ ।
प्रदेश ५ का तराईका जिल्लामा उद्योग खुल्नेक्रम बढेसंगै सख्या पनि ह्वात्रै बढेको छ । अघिल्लो बर्ष ४७ हजार घरेलु तथा
साना उद्योग रहेको यो प्रदेशमा गत आर्थिक वर्ष ८ हजार बढी उद्योग दर्ता भएका छन ।
प्रदेशको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयले दिएको जानकारी अनुसार गत आर्थिक वर्षमा ८ हजार बढी उद्योग
दर्ता हुदा ५६ हजार संख्या पुगेको हो ।
मन्त्रालयको उद्योग शाखाका प्रमुख टेक प्रसाद देवकोटाले प्रदेशका रुपन्देही, नवलपरासी, दागं, बाके र बर्दियामा उद्योग
खुल्नेक्रम बढ्दो रहेको र अन्य पहाडी जिल्लाहरुमा पनि अघिल्लो बर्ष भन्दा बढी उद्योग दर्ता भएको बताउनु भयो ।
त्यस्तै प्रदेश ५ का साना तथा घरेलु उद्योगमा करिव २ लाख जनाले रोजगारी प्राप्त गरेका छन । अघिल्लो आर्थिक वर्षसम्म १ लाख
७६ हजारले रोजगारी प्राप्त गरेकामा गत आर्थिक बर्षसम्म आईपुग्दा त्यो संख्या बढेर करिव २ लाखको हाहारीमा पुगेको छ ।