काठमाडौ
साउन १३-
सिंगापुरमा सम्पन्न आईसीसी टी ट्वान्टी विश्वकप छनोट अन्तर्गतको एसिया फाइनल खेलेको नेपाली राष्ट्रिय क्रिकेट टिम आज स्वदेश फर्कदै छ ।
नेपाली राष्ट्रिय टोलीका टिम म्यानेजर रमण सिवाकोटीले नेपाली टिम आज राति राढे १० बजे स्वदेश आईपुग्ने बताउनुभयो ।प्रतियोगिताको अन्तिम खेलमा सिंगापुरसँग पराजित भएको नेपाल अष्ट्रेलियामा अर्को वर्ष आयोजना हुने टी ट्वान्टी विश्वकप खेल्नबाट बञ्चित भएको छ ।
अन्तिम खेलमा नेपाल सिंगापुरसँग पराजित भएपछि नेपाल टी ट्वान्टी विश्वकप खेल्नबाट बञ्चित भएको हो।सिंगापुरसँग लज्जापद हारसँगै नेपालको टी – २० विश्वकप खेल्ने सपना अधुरै भएको छ । सिंगापुरको इन्डियन एशोसियसन मैदानमा आज भएको खेलमा नेपाल सिंगापुरसँग ८३ रनको फराकिलो अन्तरले पराजित भएको थियो ।
टस जितेर ब्याटिङ गरेको सिंगापुरले निर्धारित ओभरमा ६ विकेट गुमाएर १९१ रन बनायो। सिंगापुरका लागि सर्वाधिक रन टिम डेभिडले ७७ रनको पाली खेले त्यस्तै रोहन रंगराजनले ४९ रन बनाए।
सिंगापुरका विकेटकिपर मनप्रित सिंह ४२ रन बनाए। नेपालका अविनाश बोहराले ४ विकेट लिँदा करण केसीका नाममा एक विकेट रहयो। यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको सिंगापुरले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १९१ रन बनाएको थियो ।
उसले पहिलो विकेट सस्तैमा गुमाएको थियो । तर टिम डेभिडले उत्कृष्ट पारी खेले । दोस्रो विकेटका लागि रोहन रंगराजनसँग ८९ रनको साझेदारी गरेका उनले तेस्रो विकेटका लागि मनप्रित सिंहसँग ६६ रनको अर्को महत्वपूर्ण साझेदारी गरे । डेभिड ७७ रनमा आउट भए । रोहन ४९ र मनप्रितले ४२ रन बनाए ।
नेपालका स्पीनरद्वय बसन्त रेग्मी र सन्दीप लामिछाने निकै महंगो सावित भए । चार ओभर बलिङ गरेका बसन्तले ५४ रन दिए र भने सन्दीपले ३ ओभरमा ३४ रन खाए । अभिनाश बोहोराले ४ ओभरमा ३५ रन दिएर ४ विकेट हात पारे भने करण केसीले २६ रन खर्चिएर २ विकेट लिए । सोमपाल कामीले ३ ओभरमा १५ रन खर्चिए ।
नेपाललाई हराएको सिंगापुरले यही अक्टोबर र नोभेम्बरमा युएईमा हुने ग्लोबल छनोटमा सहभागिता जनाउने छ। १४ टोलीले सहभागिता जनाउने उक्त प्रतियोगितामा शीर्ष ६ स्थान हात पार्ने टोली अर्को वर्ष अष्ट्रेलियामा हुने विश्वकप ट्वेन्टी ट्वेन्टी क्रिकेट प्रतियोगिताका लागि छानिनेछन्।