काठमाडौ
साउन १४ –
देशभर यो वर्ष८० प्रतिशत धान रोपाइँ सकिएको छ ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयलको तथ्याङ्कअनुसार अहिलेसम्ममा ८० दशमलब १८ प्रतिशत धान रोपाइँ सम्पन्न भएको हो । गत बर्ष यसै अवधिमा ८१ दशमलब ९२ प्रतिशत रोपाइँ भएको थियो ।
धान रोपाइँ हुने कुल १३ लाख ७१ हजार सात सय ६ हेक्टर क्षेत्रफलमध्ये १० लाख ९९ हजार आठ सय ६३ हेक्टर क्षेत्रफलमा मात्रै धान रोपाइँ भएको छ ।
गत वर्षको सोही अवधिमा ११ लाख १५ हजार २ सय ९० हेक्टर क्षेत्रफलमा धान रोपाइँ भएको थियो ।
मन्त्रालयका अनुसार सुदूर पश्चिम प्रदेशमा सबै भन्दा बढी ९४ दशमलब १७ प्रतिशत धान रोपाइँ भएको छ भने सबै भन्दा कम प्रदेश नम्बर एकमा ७१ दशमलब ६५ प्रतिशत सम्पन्न भएको छ ।