काठमाडौ
साउन १४ –
वैदेशिक रोजगार व्यवसायी संघले एक वर्षदेखि बन्द मलेसियाको रोजगार खुलाउन माग गर्दै वैदेशिक रोजगार विभाग घेराउ गरेको छ ।
मलेसिया रोजगारीका विषयमा सरकारको आधिकारिक धारण माग गर्दै संघले विभाग घेराउ गरेको हो । मलेसिया एक वर्षदेखि बन्द हुँदा धेरै म्यानपावर कम्पनी बन्द हुने सम्भावना रहेको भन्दै सरकारको ध्यानाकर्षण गराउन विभाग घेराउ गरेको संघका अध्यक्ष रोहन गुरुङले जानकारी दिनुभयो ।
सरकारले म्यानपावर व्यवसायीलाई विभिन्न बहानामा अप्ठयारोमा पर्ने काम भइरहेको उहाँको आरोप छ ।
सरकारले पछिल्लो समय वैदेशिक रोजगार ऐन संशोधन गरेर म्यानपावर व्यवयासीलाई अपराधी भन्न खोजीरहेको प्रति व्यवसायी एक जुट भएर आन्दोलन गरीरहेको अध्यक्ष गुरुङले बताउनुभयो । वैदेशिक रोजगार ऐन २०६४ शसोधन गरेर धरौटी बृद्धि गरेको थियो ।
यो विषयमा व्यवसायीले सुरुदेखि विराध गदै आएका छन् । व्यवसायीले धरौटी राखेको पैसाको व्याज पाउनुपर्ने, सीप प्रमाणिकणको निर्णय तत्काल लागू नगर्ने र अन्य कानूनी बन्देजभित्र नपर्ने माग गदै आन्दोलनमा गदै आएका छन् । व्यवसायीले यो भन्दा अगाडी पनि वैदेशिक रोजगारीमा कामदार पठाउन एक हप्ता बन्द गरेका थिए ।