काठमाडौ
साउन १५ –
आज साउन १५ गते, खीर खाने दिन ।
वषात्ले थकित भएको शरीरलाई ऊर्जामय बनाउन खीर खाने नेपाली परम्परा छ ।
असार १५ का दिन दही चिउरा खाएर शरीरलाई ऊर्जामय बनाउने र साउन १५ मा खीर खाएर शरीरलाई सन्तुलनमा राख्ने यो पुरानो चलन र नेपाली संस्कार हो ।
आजको दिन परिवारका सदस्य, इष्टमित्र, आफन्त, छरछिमेकीसँग बसेर खीरलगायत मिष्ठान्न परिकार खाने चलन छ ।
मरिच, सुकेको नरिवल, दालचिनी, राखेर तयार गरिएको खीर यो मौसमका लागि उपयुक्त भोजन रहेको विज्ञहरु बताउँछन् ।