काठमाण्डौ
साउन १५ –
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीमा योगेश भट्टराई नियुक्त हुनु भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले रिक्त रहेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीमा योगेश भट्टराईलाई नियुक्त गर्नुभएको हो ।
तत्कालीन पर्यटन मन्त्री रवीन्द्र अधिकारीको हेलिकप्टर दुर्घटनामा गएको फागुन १५ मा निधन भएपछि
यो मन्त्रालय प्रधानमन्त्री आफैले सम्हाल्दै आउनुभएको थियो ।
यसैबीच प्रधानमन्त्री ओलीका प्रमुख सल्लाहकार विष्णु रिमालले पर्यटन मन्त्रीको कार्यभार सम्हाल्न लाग्नुभएका पर्यटनमन्त्रीलाई शुभकामना दिनुभएको छ ।
बुधबार प्रधानमन्त्री ओलीले राष्ट्रपति कार्यालय शीतल निवासमा भट्टराईलाई सपथ गराउनु हुने कार्यक्रम तय भएको छ ।