काठमाडौ,
साउन १६ –
मौसम पूर्वानुमान महाशाखाले पनि अबका तीन दिन देशका केही स्थानमा वर्षा हुने सम्भावना रहेको जनाएको छ ।
दुई तीन दिनपछि मनसुनी गतिविधि अझ बढ्ने अनुमान गरेको छ।
देशका धेरै जसो स्थानमा सामान्य बदलीको अवस्था छ। देशका थोरै स्थानमा हल्कादेखि मध्यम खालको वर्षा भइरहेको छ।
यसैगरी
बाढी पूर्वानुमान महाशाखाले आउँदो तीन दिन नदीहरूमा पानीको बहाब बढ्न सक्ने भएकोले सतर्कता अपनाउन आग्रह गरेको छ।
आज बिहान प्रकाशित बाढी पूर्वानुमान बुलेटिनमा महाशाखाले मुख्य र मझौला नदीमा बहाव बढ्दो क्रममा हुने तर सतर्कता तहभन्दा तलै हुने पूर्वानान गरेको छ।