काठमाडौ
साउन १६ –
विश्व स्तनपान सप्ताह आजदेखि शुरु भएको छ ।
शिशुलाई सुरक्षित तरिकाले स्तनपान गराउन आमालाई प्रेरित गर्न विश्व स्वास्थ्य संगठन र युनिसेफको अगुवाईमा अगस्त १ तारिखदेखि विश्वभर स्तनपान सप्ताह मनाउने गरिएको छ ।
नेपाल लगायत विश्वका १ सय ७० भन्दा बढी देशले आजदेखि एक हप्ता सम्म विभिन्न जनचेतनामूलक कार्यक्रम गर्दैछन् । सुत्केरी हुने बित्तिकै आउने आमाको पहेँलो बिगौती दूध निकै पोषिलो र स्वस्थकर हुन्छ ।
६ महिना सम्मका शिशुलाई आवश्यक पर्ने सबै पौष्टिक तत्व आमाको दूधमा पर्याप्त मात्रामा पाईने भएकाले जन्मेको आधा घण्टाभित्र स्तनपान शुरु गरिसक्नुपर्ने र २४ घण्टामा ८ देखि १० पटकसम्म आमाको दूध खुवाउनुपर्ने चिकित्सकहरु बताउँछन् ।
उनीहरुका अनुसार शिशुलाई २ वर्ष सम्म निरन्तर आमाको दूध खुवाए उनीहरुको बौद्धिक र शारीरिक विकास छिटो हुने र स्वस्थ रहन्छन् ।
नेपालमा जन्मेको एक घण्टाभित्र स्तनपान गराउने आमाको संख्या ४५ प्रतिशतको हाराहारीमा मात्रै छ । यस्तै ७० प्रतिशत महिलाले ६ महिनासम्म पूर्ण स्तनपान गराउने गरेका छन् ।
शिशु जन्मेको एक घण्टाभित्रै स्तनपान गराउने महिलाको संख्या नेपालमा ५५ प्रतिशत छ भने जन्मेदेखि एक महिनाभित्र स्तनपान गराउनेको संख्या ७९ दशमलव ६ प्रतिशत छ ।
२ देखि ३ महिनासम्म स्तनपान गराउने ७२ दशमलव २, ४ देखि ५ महिनासम्म स्तनपान गराउने ४० दशमलव ९ र ६ देखि ८ महिनासम्म स्तनपान गराउने महिला ६ प्रतिशत रहेका छन् ।
शिशुलाई सुरक्षित तरिकाले स्तनपान गराउन आमालाई प्रेरित गर्न विश्व स्वास्थ्य संगठन र युनिसेफको अगुवाईमा अगस्त १ तारिखदेखि विश्वभर स्तनपान सप्ताह मनाउने गरिएको छ ।
शारीरिक सौन्दर्य बिग्रने डरले र बच्चाको छिटो विकास हुने भ्रमले महिलाहरुले शिशुलाई स्तनपान नगराई वैकल्पिक पदार्थ खुवाउँदा बालमृत्युको जोखिम बढीरहेको चिकित्सकहरुको भनाई छ ।
आमालाई स्तन क्यानसरबाट जोगाउन मात्र नभइ बच्चाको वृद्धि विकासमा सहयोगका लागि पनि पर्याप्त स्तनपान गराउनुपर्छ ।