अनिल खत्री
१६ साउन, गुल्मी
गुल्मीदरवार गाउँपालिकामा सप्ताह ब्यापी स्तनपान सप्ताह शुभारम्भ भएको छ ।
गाउँपालिकाको स्वास्थ्य शाखा को आयोजनामा ‘आमाबुवा को सक्षमता स्तनपानको सफलता’ भन्ने नाराका साथ सप्ताहब्यापी स्तनपान सप्ताह शुभारम्भ गरिएको हो ।
बिहिवार एक औपचारिक कार्यक्रमको बिचमा गाउँपालिका अध्यक्ष अशोककुमार थापाले कार्यक्रमको शुभारम्भ गरेका हुन् । कार्यक्रमको उद्घाटन गर्दै अध्यक्ष थापाले गाउँपालिकाले महिला र बालबालिकाहरुलाई लक्षित गरि स्वास्थ्यमा बजेट बिनियोजन गरेको बताए ।
घरघरमा सेनिटरी प्याड कार्यक्रम,सुत्केरिको घरघरमा जाँच, गर्भबतीसंग गाउँपालिका कार्यक्रम,पुर्ण सस्थागत प्रसुती अभियान ,स्वास्थ्य आमा समूह पुनर्जागरण जस्ता कार्यक्रम यश बर्ष सञ्चालन हुने अध्यक्ष थापाले बताए । कार्यक्रमको सहजिकरण गर्दै स्वास्थ्य शाखा संयोजक नारायणप्रसाद अर्यालले मानव जीवन मा स्तनपान अबधी अत्यन्त महत्वपुर्ण भएको बताए ।
बच्चाको लागि आमाको पहिलो दूध अमृत समान हुने जस्ले बच्चा लाई जिबनभरको लागि रोगसित लड्ने शक्ति पैदा गर्ने उनको भनाई थियो । बच्चा जन्मेको १ घन्टा भित्र आमाको दूध अनिबार्यरुपमा चुसाउनुपर्ने, बच्चा ६ महिना नपुग्दा सम्म आमाको दूध बाहेक अरु कुनै कुरा खुवाउन नहुने बताए ।
उनले ६ महिना पुगेपछी पनि पुरक खाना को साथमा २ बर्ष नपुग्दासम्म आमाको दूध खुवाइरहनु पर्ने बताए । आमाको दूध बच्चा को लागि मात्र नभै आमा,परिवार,समाज हुँदै राष्ट्रकै लागि महत्वपुर्ण हुने लगायतका कुराहरु बताए ।
कार्यक्रम मा जनप्रतिनिधी,कर्मचारी, पत्रकार,महिला स्वास्थ्य स्वमसेबिका र सुनौलो १ हजार दिनका महिला र बच्चाहरु को उपस्थिती रहेको थियो ।
नेपाल लगायत विश्वका १ सय ७० भन्दा बढी देशले आजदेखि एक हप्ता सम्म विभिन्न जनचेतनामूलक कार्यक्रम गर्दैछन् । सुत्केरी हुने बित्तिकै आउने आमाको पहेँलो बिगौती दूध निकै पोषिलो र स्वस्थकर हुन्छ ।
६ महिना सम्मका शिशुलाई आवश्यक पर्ने सबै पौष्टिक तत्व आमाको दूधमा पर्याप्त मात्रामा पाईने भएकाले जन्मेको आधा घण्टाभित्र स्तनपान शुरु गरिसक्नुपर्ने र २४ घण्टामा ८ देखि १० पटकसम्म आमाको दूध खुवाउनुपर्ने चिकित्सकहरु बताउँछन् ।