नेपाली काग्रेस प्रदेश ५ को संसदीय दलले गुल्मीको सत्यवती गाउँपालिकाको लिम्घा र ठूलो लुम्पेकका पहिरो पिडीतहरुलाई
एक लाख रुपैया सहयोग गर्ने निणर्य गरेको छ।
हिजो काग्रेस संसदीय दलको कार्यालयमा बसेको बैठकले पहिरोमा परि मृत्यु भएकाहरुप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोक सन्तप्त
परिवारजनमा गहिरो समवेदना प्रकट गर्ने निणर्य पनि गरेको थियो ।
संसदीय दलका उपनेता बीरेन्द्र कुमार कनौडीयाको अध्यक्षतामा बसेको बैठकले विस्थापित तथा जोखिममा रहेका घरपरिवारलाई
पुनस्र्थापनाको व्यवस्था गर्न सरकारसंग आग्रह गरेको छ ।
यसै बिच
नेकपा निकट गुल्मी रुपन्देही सम्पर्क मन्चले सत्यवती गाउपालिकाका पहिरो प्रभावितहरुलाई राहत सामाग्री वितरण गरेको छ ।
मन्चले गुल्मी सत्यवती गाउपालिका ३ ठूलो लुम्पेक र वडा नं ४ लिम्घामा पुगेर राहत सामग्री वितरण गरेको हो ।
मन्चका सत्यवति संयोगक विष्णु प्रसाद भण्डारीले सवैभन्दा वढि भौतिक क्षेती पुगेको लुम्पेकमा १ सय २५ कट्ठा चामल,
३३ केजी दाल १ वोरा नुन, सावुन, खानेतेल लगायतका सामाग्री वितरण गरिएको जानकारी दिनुभयो ।
प्रदेश सभा सदस्य कमल श्रेष्ठ, दिनेश पन्थी, खड्ग केसी र मन्चका अध्यक्ष देवराज खनालले गाउपालिका अध्यक्ष पारिश्वर ढकाल र
वडा नं ३ का अध्यक्ष रुकबहादुर रानालाई राहत सामग्री हस्तान्तरण गरे ।
कार्यक्रममा प्रदेश सांसदहरुले विस्थापितहरुको दिर्घकालिन आवश्यकताको विषयमा प्रदेश सरकारको ध्यानकर्षण र पहलकदमी लिने
प्रतिवद्धता जनाएका थिए । मन्चका अध्यक्ष खनालले विस्थापित भई अस्थायी शिविरमा आश्रय लिएकाहरुको पिडामा केही सान्तवना मिलोस भनेर
राहत लिएर आएको बताउनुभयो ।
त्यसै गरी गाउपालिका अध्यक्ष ढकालले पहिरो गएको क्षेत्रमा वस्ती सार्न जोखिम भएकाले पुनस्थापनको लागी पहल गरिदिन
प्रदेश सांसदलाई आग्रह गर्नुभएको थियो । ठूलोलुम्पेकको विभिन्न १६ स्थानमा शिविर राखिएको छ ।
जहा जोखिमा रहेका ३ सय ७ घरका १२ सय ६० जना रहेका छन । पुर्ण रुपमा क्षेती भएका घरविहिन १७ घर परिवार बाहेक अन्य परिवारका
सदस्यहरु गोठ्ल्याई गर्न दिउसोमा घर जाने गरेका छन । राती शिविरमै वस्न आउने गरेका छन ।
त्यसैगरी सत्यवति वडा नं ४ लिम्घामा पनि मन्चले राहतको सामग्री वितरण गरेको छ । चामल २६ कट्ठा चामल, दाल १ वोरा नुन १ कठ्ठा तेल
लगायतका सामग्री प्रदान गरिएको मन्चका सचिव प्रकाश भट्टराईले जानकारी दिनुभयो ।
वडा अध्यक्ष दानवहादुर रानालाई राहत सामग्री वितरण गरिएको थियो । विस्थापितहरुलाई सत्यवती मावि र आसपासका टेण्ट टागेर
राखीएको अध्यक्ष रानाले जानकारी दिएनुभयो ।
लिम्घामा पनि प्रदेश सभा सदस्यहरुले स्थलगत अवलोकन गरी जानकारी लिएका थिए । लिम्घामा १ सय ५० जना विसथापित भएका छन ।
३ घर पुर्ण रुपमा क्षति भएको छ भने २४ घर विस्थापित भएको वडाध्यक्ष रानाले जानकारी दिनुभयो ।