साउन १७
प्रदेश नम्वर ५ को प्रदेशसभाको आज बसेको बैठकमा प्रदेशसभा सदस्यहरुले समसामयीक बिषयमा
सरकारको ध्यानाकर्षण गराएका छन् ।
प्रदेशसभाको बैठकमा विशेष समय लिएर बोल्दै प्रदेशसभा सदस्यहरुले स्वास्थ्य सेवा, सुरक्षा र सार्बजनिक जग्गा
संरक्षणका सम्वन्धमा सदस्यहरुले प्रदेश सरकारको ध्यानाकर्षण गराएका हुन ।
प्रदेश सभा सदस्य भुवनेश्वर चौधरीले नेपालको संबिधानले आम जनताको स्वास्थ्य सेवाको ज्ञारेन्टी गरे पनि व्यवहारमा लागु हुन
नसकेको भन्दै जनतालाई सहज रुपमा स्वास्थ्य सेवामा उपलब्ध गराउने व्यवस्था गर्न माग गर्नुभयो ।
स्वास्थ्य संस्थाहरुमा दरवन्दि अनुरुपको चिकित्सक नहुँदा जनताले सहज रुपमा स्वास्थ्य सेवा प्राप्त गर्न नसकेको भन्दै उनले
तत्काल दरवन्दि अनुसारको चिकित्सक व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराउनु भयो ।
प्रदेशसभा सदस्य हरि प्रसाद रिजालले प्यूठान जिल्ला अस्पत्तालमा ५० बेडको स्विकृती भएर पनि हाल १५ बेड मात्रै
सञ्चालनमा आएको भन्दै १५ बेडकालागि आवस्यक पर्ने डाक्टर समेत कार्यरत नहुँदा स्वास्थ्य सेवा प्रभावीत भएकोले तत्काल
दरवन्दि अनुसारका डाक्टर तथा अन्य कर्मचारीको व्यवस्था मिलाउन प्रदेश सरकारसँग माग गर्नुभयो ।
प्रदेशसभा सदस्य मोहमद याकुव अन्सारीले बाँके जिल्लामा रहेको एक मात्र मुटु रोग अस्पत्तालका कार्डीयोलोजिष्ट डाक्टर
कृष्ण प्रसाद अधिकारीको काठमाण्डौ सरुवा भएपछि अस्पत्तालबाट प्रदान हुदै आएको मुटु रोग जाँच र उपचार सेवा
प्रभावीत भएको भन्दै तत्काल सेवा सूचारु गर्न माग गर्नुभयो ।
प्रदेशसभा सदस्य वसिउद्धन खाँनले रुपन्देही जिल्लाको मायादेवी गाउपालिका वडा नं ४ झुलनीपूर स्थित तालको
२ बिघा ४ कठ्ठा सरकारी जग्गा भू माफियाले आफ्नो नाउमा गराएको भन्दै त्यस विषयमा छानविन गर्न माग गर्नुभयो ।
प्रदेशसभा सदस्य सन्तोष कुमार पाण्डेयले हिजो कपिलवस्तु जिल्लाको सुद्धोदन गाउपालिकाका समाजवादी पाटीका अध्यक्ष
रामनयन यादवमाथि भएको गोली प्रहारको घटनाको विषयमा स्थानीय सूरक्षा निकायबाट भएको गैरजिम्मेवार व्यवहारप्रति
प्रदेश सरकारको ध्यानाकर्षण गराउनु भयो ।
विशेष समयमै बोल्दै प्रदेशसभा सदस्य तुल्सी प्रसाद चौधरीले मलखादको समस्याको विषयमा प्रदेशसभामा पटक पटक
कुरा उठ्दै आएको स्मरण गराउदै मलखादका लागि अब संघीय सरकारको मुख ताक्न छाडेर प्रदेश सरकारलेनै प्रदेशलाई
आवस्यक पर्ने मलखाद खरिद गर्ने व्यवस्था मिलाउनु पर्ने माग गर्नुभयो।
अर्का प्रदेशसभा सदस्य कमलादेवी बिकले पनि किसानले मलखादको समस्या भोग्दै आउनु परेको भन्दै संघीय सरकारसँग
समन्वय गरेर मलखादको उचित प्रवन्ध गर्न प्रदेश सरकारको ध्यानाकर्षण गराउनु भयो ।
आजको बैठकमा प्रदेश सूचना तथा संचार प्रविधि प्रतिष्ठानको स्थापना तथा सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि
सैद्धान्तिक छलफल सम्पन्न भएको छ ।
विधेयकमाथिको छलफलमा सहभागि हुँदै प्रदेशसभा सदस्य रमा अर्यालले प्रतिष्ठानको गठनमा मुख्यमन्त्रीदेखि मुख्यमन्त्री तथा प्रमुख सचिव,
मन्त्रीहरु रहने व्यवस्था रहेकोमा पत्रकार महासंघ र प्रमुख प्रतिपक्षी दलको पनि प्रतिनिधित्व गराउनुपर्ने माग गर्नुभयो।
बैठकमा अर्थ,उद्योग तथा पर्यटन समितिका सभापति दधिराम न्यौपानेले प्रदेशको अभिलेख संरक्षण सम्बन्धमा व्यवस्था गर्न बनेको समितिको
प्रतिवेदन सहितको विधेयक र भौतिक पूर्वाधार विकास समितिका सभापति आशा स्वर्णकारले सडक,सवारी,यातायात तथा परिवहन सम्बन्धमा
व्यवस्था गर्न बनेको समितिको प्रतिवेदन सहितको विधेयक पेश गर्नु भएको थियो ।
आजकै बैठकमा प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री बैजनाथ चौधरीले मन्त्रालयले आर्थिक बर्ष २०७५ /०७६ मा भए गरेका कार्यहरुको बारेमा
जानकारी गराउनु भएको थियो ।