साउन १८
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृका प्रसाद यादवले हालको सरकारल पाँचै वर्ष काम गर्ने दाबीसमेत गर्नुभएको छ ।
हिजो नेपाल आयल निगमद्वारा भैरहवामा पुर्ननिर्माण गरिएको पेट्रोल पम्पको आज उद्घाटन गर्दै मन्त्री यादवले यस्तो बताउनु भएको हो ।
मन्त्री यादवले अब पेट्रोलियम पदार्थको आपूर्तिमा समस्या नहुने बताउनु भएको छ। नेपाल आयल निगमद्वारा भैरहवामा पुर्ननिर्माण गरिएको
पेट्रोल पम्पको आज उद्घाटन गर्दै मन्त्री यादवले अहिलेको सरकार गठनपछि केही समय आपूर्तिमा सामान्य बाधा अड्चन आए पनि अहिले
पेट्रोलियम पदार्थको सहज ढंगले आपूर्ति भइरहेको र अव समस्या नआउने दाबी गर्नुभयो ।
उहाले भन्नुभयो ‘केही व्यवसायी साथीहरुले हाकिमले घुस माग्यो भन्नुहुन्छ । तर हाकिमलाई म आफैंले पैसा दिन्छु गएर भन्देउ
भनेर पठाउँदा व्यवसायीहरुले नाकमुखै देखाउन छोड्नुभयो ।
पछि बुझ्दा त तेल बढी पाइन्छ भन्ने उहाँहरुको मानसिकता रहेको पाइयो । उहाले कुनै कर्मचारीले पैसा मागे ५ पैसा निदिइ
आफुलाई जानकारी दिन आग्रह गर्नुभयो।
मन्त्री यादवले आफु चाकडी गरेर मन्त्री नबनेकाले आफू बाधक भए मन्त्री पद त्याग्न तयार रहेको कुरा प्रधानमन्त्रीलाई समेत
भनिसकेको बताउनु भयो ।
उहाले आयल निगमको भ्रष्टाचारलाई निगममा आवद्ध कर्मचारी आफैंले ख्याल गर्न अनुरोध समेत गर्नुभयो ।
नेपाली जनताले विषादी खानुहुँदैन भन्ने निर्णय गर्नु अपराध नभएको उल्लेख गर्दै उहाले त्यही निणर्यले विषादीयुक्त खानेकुुरा खानु हुँदैन
भन्ने ज्ञान सबैमा जगेको प्रति खुसी व्यक्त गदै जनताले गरेको विरोधलाई सकरात्मक रुपमा लिएको बताउनु भयो।
फरक प्रसंगमा उहाले भन्नुभयो, ‘शान्ति बिना मुलुकमा सम्वृद्धि हुँदैन भन्ने उद्योगी व्यवसायीहरुले पनि आन्दोलन गर्छु भन्ने कुरा सुन्दा
अचम्म लागेको छ । ट्रान्सपोर्ट व्यवसायी ९ढुवानीकर्ता०को कांधमा बन्दुक राखेर आन्दोलन गर्न खोजेका छन् ।’
कार्यक्रममा प्रदेश ५ सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री लीला गिरीले सरकारले तदारुकताका साथ काम नगरेको भन्ने
कतिपयलाई लागे पनि व्यवहारमा त्यस्तो नभएको बताउनु भयो ।
उहाले विगतमा सरकारले सञ्चालन गरेका उद्योगहरु धरासायी भए पनि अहिले बन्द भएको उद्योगहरु सञ्चालनमा ल्याउन सरकार लागिपरेको बताउनु भयो ।
प्रदेशसभा सदस्य सन्तोष कुमार पाण्डेयले राष्ट्रियता बलियो बनाए मात्र मुलुक समृद्ध हुन सक्ने बताउदै अहिले पनि सरकारले
शान्ति सुरक्षाको प्रत्याभुति दिलाउन नसकेको बताउनु भयो ।
सिद्धार्थनगर नगरपालिकाका प्रमुख हरि प्रसाद अधिकारीले हरेक कुराको विरोध गर्नुको औचित्य नरहेको उल्लेख गर्दै सरकार
समृद्धिको दिशामा अगाडी बढिसकेको जिकिर गर्नुभयो ।
नेपाल आयल निगमका केन्द्रीय प्रवक्ता एवं आपूर्ति तथा वितरण विभागका निर्देशक विरेन्द्र गोइत र निगमका कार्यकारी निर्देशक सि.ए.
सुरेन्द्र कुमार पौडेलले समय परिवर्तन भएसंगै आयल निगम अझ व्यवस्थित हुँदै गएको बताउनु भयो ।
सिद्धार्थ उद्योग वाणिज्य संघ रुपन्देहीका अध्यक्ष कुल प्रसाद न्यौपानेले सरकारले उद्योगव्यवसायीमैत्री नीति ल्याउनुपर्ने बताउनु भयो।
आयल निगमबाट प्रत्यक्ष रुपमा सञ्चालित पहिलो पेट्रोल पम्प वि.सं. २०३७ साल देखि सञ्चालनमा आएको सिद्धार्थनगर नगरपालिका
वडा नम्बर ९ अञ्चलपुर स्थित नेपाल आयल निगमको पेट्रोल पम्पको क्षमता वृद्धि गरी समय सापेक्ष आधुनिकरण गरिएको छ ।
पेट्रोल पम्पले प्रतिघण्टा अधिकतम पेट्रोल र डिजल ९ हजार ६ सय लिटर डेलिभरी दिइ विक्री गर्न सक्नेछ् ।
अत्याधुनिक प्रविधि जडान गरी निर्माण गरिएको यो पेट्रोल पम्प सौर्य उर्जाबाट समेत सञ्चालन गर्ने व्यवस्था गरिएको निगमले जनाएको छ ।
घामपानीबाट पेट्रोलियम उपभोक्ताहरुलाई बचाउन ९ सय वर्गमिटरको क्षेत्रफल भएको अग्नी प्रतिरोधक एलुमिनियम कम्पोजिट मेटिरिएलबाट
छाना निर्माण गरिएको छ ।