अनिल खत्री
१७ साउन, गुल्मी ।
गुल्मीमा शिबिरबाट व्यवसायीको कर संकलन गर्न सुरु भएको छ ।
आन्तरिक राजस्व बिभाग करदाता सेवा कार्यालय तानसेन पाल्पाले जिल्लाको सदरमुकाम तम्घासमा शिबिरबाट कर संकलन गर्न सुरु गरेको हो ।
शुक्रवार र शनिवार २ दिनसम्म तम्घासमा बिभिन्न व्यवसायीहरुको राजस्व तथा आन्तरिक राजस्व बिभाग करदाता सेवा कार्यालय तानसेन पाल्पाको
कार्यालयबाट हुने सेवाको लागि शिबिर राखिएको कर अधिकृत सागर पोखरेलले बताए ।
शिबिरमा कर संकलन, खाता प्रमाणीत, भ्याटमा दर्ता, कारोवार परिर्वतन,अन्तशुल्क संकलन जस्ता कामहरु गरिएको कर अधिकृत पोखरेलले बताए ।
पहिलो दिन झण्डै ५ सय व्यवसायीहरुले बिभिन्न सेवा लिएका छन् । गुल्मी जिल्लाबाट व्यवसायीहरुले आफनो कर तिर्न तथा राजस्व सम्बन्धी काम गर्न
पाल्पा बुटवल जानुपर्ने बाध्यता रहेको छ । तर तम्घासमै सेवा पाउँदा व्यवसायीहरुले खुसी व्यक्त गरेका छन् ।
वर्षातको समयमा बाहिर जानु पर्ने र यहिँ कर बुभाउन पाउँदा समयको पनि बचत भएकाले खुसी व्यक्त गरेका हुन् ।
शनिवारसम्म चल्ने शिबिरमा कार्यालय प्रमुख पोखरेलसँगै रमा ज्ञवालीले संकलन गरेका हुन् ।