साउन १८
गत साउन ६ गते गुल्मीको सत्यवती गाउँपालिकास्थित ठूलो लुम्पेकमा गएको पहिरोबाट पीडितका लागि गुल्मीकै व्यवसायी तथा
समाजसेवी योगराज कँडेल शर्माको पहलमा ६ लाख रूपैयाँभन्दा बढी संकलन भएको छ ।
यो सबै रकम सामाजिक सञ्जालको माध्यमबाट उठेको हो ।
पहिरोलगत्तै कँडेलले ५५ हजार ५ सय ५५ रूपैयाँ पीडितका लागि छुट्याउने घोषणा गर्दै देशविदेशमा रहेका नेपालीहरूलाई
सहयोगको आह्वान गरेका थिए ।
अहिलेसम्म ६ लाख रूपैयाँभन्दा बढी संकलन भइसकेको र सहयोग आउने क्रम जारी रहेको उनले जानकारी दिए ।
संकलित रकम पीडित परिवारका बालबालिकाको शिक्षाका लागि खर्च गर्ने समाजसेवी योगराज कँडेल शर्माले बताए ।
“खाद्यान्न, कपडा आदि धेरै भइसक्यो, त्यसैले हामीले शिक्षाका लागि खर्च गर्ने सोच्दैछौं । विद्यालयसँग पीडित परिवारका विद्यार्थीको
तथ्यांक मागेका छौं,” उनले भने । स्थानीय विद्यालयसँग समन्वय गरेर १० कक्षासम्मका लागि कापी कलम, युनिफर्मलगायत आवश्यक
शैक्षिक सामग्री योगदान गर्ने उनले बताए ।
ूपीडित परिवारका बालबालिकाको शिक्षाका लागि दीर्घकालीन रुपमा योग्दान पुगोस् भनेर संकलित रकम शिक्षामा खर्च गर्ने योजना
बनाएका हौं । सहयोग रकम जुट्ने क्रम जारी रहेकोले थप योजना बनाइरहेका छौं, उनले भने ।
सहयोग गर्नेमा अमेरिका, अस्ट्रेलिया, दक्षिण अफ्रिका, जापान, कोरिया, भारत, यूएइलगायत विभिन्न मुलुकमा बसोबास गर्ने नेपाली तथा
नेपालमै बसोबास गर्नेहरु पनि छन् । कतिपयले आफ्नो नाम, ठेगाना उल्लेख नगरी पनि सहयोग गरेको उनले बताए ।
कँडेलले आफ्नो नाममा सानिमा बैंकको मुख्य कार्यालय नक्सालमा रहेको खाता नम्बर ००१०११०६०००८९१२ मा पहिरो पीडितका लागि
सहयोग गर्न आग्रह गरेका छन् ।
कँडेल नेपाली कांग्रेस केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका सदस्य, हेलिकोप्टर सोसाइटी अफ नेपालका महासचिव तथा
पश्चिमाञ्चल विकास मञ्चको कोषाध्यक्ष पनि हुन्