डायलसन अधिकारी
साउन १९
रुपन्देही र कपिलवस्तुका सञ्चार माध्यमका प्रमुख तथा सम्पादकहरुले सञ्चारमाध्यबाट प्रकाशित प्रशारित समाचार तथा
समाचारमूलक सामाग्रिहरुलाई खोज तथा अनुसन्धानमूलक बनाउने प्रतिवद्धता व्यक्त गरेका छन ।
चादनी नेपालले हिजो बुटवलमा आयोजना गरेको समिक्षा अन्तरक्रिया कार्यक्रमका सहभागि सञ्चार प्रमुख तथा सम्पादकहरुले
सभा, सम्मेलन, गोष्ठि तथा अन्तरक्रियालाई मात्र समाचारमा प्राथमिकता नदिई बिकास, अनियमितता सहित जनसरोकारका
बिषयलाई खोज अनुसन्धान गरी प्रकाशित प्रशारित गर्ने प्रतिवद्धता जनाएका हुन ।
उनीहरुले बिगतको तुलनामा रुपन्देही र कपिलवस्तुका सञ्चारमाध्यममा प्रदेश र स्थानीय तहका बिषय तथा समाचारहरु प्राथमिकतामा
परेको उल्लेख गर्दै अव गुणस्तरमा जोड दिने बताएका छन ।
कार्यक्रममा सहजीकरण गर्दै नागरीक दैनिकको एशोसियट सम्पादक तिलक पाठकले तुलनात्मक रुपमा रुपन्देही र कपिलवस्तुका
सञ्चार माध्यममा स्थानीय समाचारहरु प्राथमितामा पर्दा नागरीकको चासो र बिश्वास बढेको बताउनु भयो । उहाले दैनिक घटनाक्रम र
कार्यक्रमका अतिरिक्त खोजमुलक समाचारले सञ्चार सस्थाको प्रतिष्ठा बढाउने बताउनु भयो ।
मुख्यमन्त्रीका प्रेस सल्लाहकार शेर बहादुर केसीले स्थानीय तह र प्रदेश सरकारले गरेका कामलाई यथार्थपरक बिष्लेषण गरी सहि बाटोमा
हिडाउने दायित्व सञ्चारमाध्यम र सञ्चारकर्मीहरुको रहेको बताउनु भयो ।उहाले यो भयो यो भएन भन्दा यो ठिक र यो बेठिक भनि खोज
अध्ययनमा आधरित भएर समाचार लेख्न आग्रह गर्नुभयो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ रुपन्देहीका सभापति यानेन्द्र जिसी, कपिलवस्तुका सभापति डिलाराम भुसाल, बुद्ध टेलिभिजनका
कार्यकारी निर्देशक बिष्णु भुसाल,लुम्विनी टेलिभिजनका प्रमुख दिनेश पाण्डे, बुटवल टुडेका सम्पादक कृष्ण मल्ल, लगन मिडीयाका प्रमुख
डायलसन अधिकारी,बिजनेस खवरका सम्पादक दामोदर खनाल, मेचिकाली दैनिकका सम्पादक अमृत गिरी, बुद्ध आवाजका सम्पादक पार्वती पाण्डे,
तिलोत्तमा दैनिकका कबिन्द्र नेपाल,रेडियो मुक्तका म्यानेजर कल्पना तिवारी, रेडियो लुम्विनीका सम्पादक लक्ष्मण पौडेल लगायतले बोल्नु भएको थियो ।
कार्यक्रममा चादनी नेपालका कार्यकारी प्रमुख भवानी प्रसाद पाण्डेले कार्यक्रमको उद्धयमाथी प्रकाश पार्नु भएको थियो ।